तोरीखेती गर्ने किसानलाई महानगरको अनुदान « Khabarhub

तोरीखेती गर्ने किसानलाई महानगरको अनुदान


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

गण्डकीहिउँदेबाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिकाले तोरीखेती गर्ने किसानलाई अनुदान दिएको छ । तोरीखेती विस्तारबापत प्रतिरोपनी चार सय र बीउमा ५० प्रतिशतका दरले अनुदान वितरण गरिएको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिएका छन् । 

महानगरपालिकाबाट अनुदान पाएपछि वडा नं ११, १३, २३, २९ र ३१ किसानले पाँच रोपनीमा तोरीखेती विस्तार गरेको उनले बताए । समूहगतरुपमा आएका किसानलाई जग्गा तयार गरेबापत क्षेत्रफलअनुसार अनुदान दिइएको हो । व्यक्तिगतरुपमा आउने किसानलाई बीउमा मात्र अनुदान दिइएको महाशाखा प्रमुख कडरियाले बताए ।

महानगरपालिकाले हिउँदे बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत तोरी र गहुँबाली विस्तारका लागि किसानलाई अनुदान दिँदै आएको छ । हिउँदमा खाली हुने जग्गाको सदुपयोगका साथै घरायसी प्रयोजनका लागि किसानले आफैँ तेल उत्पादन गर्न सकून् भन्ने उद्देश्यले तोरीमा अनुदान दिइएको महाशाखा प्रमुख कडरियाको भनाइ छ ।

किसानले चितवन लोकल र लुम्ले जातको तोरीखेती गरिरहेका छन् । तोरीबालीमा कुनै रोगकिराको समस्या पनि नदेखिएको कृषि महाशाखाले जनाएको छ । उत्पादन पनि छिटो दिने र कम लागत लाग्ने भएकाले किसान तोरीखेतीमा आकर्षित भइरहेको महाशाखा प्रमुख कडरियाले बताए । कात्तिकमा लगाएको तोरी माघ-फागुनभित्रमा किसानले भित्र्याइसक्ने उनको भनाइ छ  ।

उनले कम्तीमा सय रोपनी जग्गा व्यवस्थापन गरेर समूहमा आउने किसानलाई थप अनुदान र प्रोत्साहन रकम उपलब्ध गराइने बताए । 

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  २ : ३७ बजे

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह

काठमाडौँ– निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न सम्बन्धित

स्वास्थ्य सचेतनासँगै निःशुल्क परीक्षण शिविर

झापा– झापाको अर्जुनधारामा स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रमसँगै स्थानीयवासीलाई लक्षित गरी निःशुल्क

प्रधानमन्त्री शाह र भारतीय सेनाध्यक्ष सेठबीच आज भेटवार्ता हुँदै

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल भ्रमणमा रहेका भारतीय

सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिका– ८ स्थित वीरेठाँटी–घान्द्रुक सडकखण्डको पुनर्निर्माण आजदेखि

सुरक्षित मातृत्वमा फड्को मार्दै बाँकेको नरैनापुर

बाँके– बाँकेको दुर्गम क्षेत्रका रुपमा रहेको नरैनापुर गाउँपालिकाले सुरक्षित मातृत्वको