पाँचखालको औद्योगिक ग्रामको समस्या समाधान गर्न उपप्रधानमन्त्री श्रेष्ठको अनुरोध « Khabarhub

पाँचखालको औद्योगिक ग्रामको समस्या समाधान गर्न उपप्रधानमन्त्री श्रेष्ठको अनुरोध


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पाँचखालको महिला  औद्योगिक ग्राममा देखिएको समस्यालाई समाधान गर्न सरोकारवाला निकायलाई अनुरोध गरेका छन्। 

उपप्रधानमन्त्री श्रेष्ठले गृहमन्त्रालयमा सरोकारवाला निकायसँगको छलफल कार्यक्रममा बोल्दै पाँचखालको महिला औद्योगिक ग्राममा नेपालको ६६ जिल्लामा शाखा रहेको महिला उद्यमी महासंघको प्रतिनिधित्वलाई सुनिश्चित गर्नुपर्ने धारणा राखेका छन्।

गृहमन्त्री श्रेष्ठले सोमबार महिला उद्यमी महासंघका पदाधिकारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि र काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी लगायतका  सरोकारवाला निकायसँग पाँचखालको महिला औद्योगिक ग्रामको विषयमा छलफल गरेका थिए।

मन्त्री श्रेष्ठले पाँचखालको महिला औद्योगिक ग्राममा महिला उद्यमी महासंघलाई  समावेश गरेर अघि बढाउन सरोकारवाला निकायलाई अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ७ : ५६ बजे

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि