आज २०८० साल माघ १६ गते मंगलबारको राशिफल | Khabarhub Khabarhub

आज २०८० साल माघ १६ गते मंगलबारको राशिफल


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


8.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल माघ १६ गते मंगलबार तदनुसार सन् २०२४ जनवरी ३० तारिख। धन योग रहेको छ भने कन्यामा चन्द्रमा छन्। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ। तपाईंको बोलीको प्रभाव समाजमा पर्ने देखिन्छ। नम्र भएर बोल्दा नाफा हुनेछ। परिवारबाट राम्रो साथ र सहयोग मिल्नेछ।

वृष : दिन राम्रो छ। लगानीबाट उत्साह बढ्नेछ। श्रमको फल प्राप्त गर्न मेहनत गर्नुपर्ने देखिन्छ। सञ्चित धनको खर्च हुनेछ। धन खर्च गर्दा सदुपयोग हुने ठाउँमा लगानी गर्नु राम्रो हुन्छ।

मिथुन : दैनिकी राम्रो छ। वैदेशिक क्षेत्र सबल छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले चिसोबाट बच्नुपर्नै देखिन्छ। परिवारको सहयोग प्राप्त हुनेछ।

कर्कट : समय राम्रो छ। रामको स्मरण मात्र गरेमा शिक्षा र राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने देखिन्छ।

सिंह : दिन राम्रो छ। लगानी गरेका क्षेत्र सबल छन्। शिक्षाको क्षेत्रको लगानीबाट उत्कृष्ट नतिजा मिल्नेछ। परिवारमा झमेला हुने भएकाले मौन भएर त्यसलाई जित्नुपर्ने देखिन्छ।

कन्या : दिन राम्रो छ। उदय भएका चन्द्रमाको साथले हरेक काम सफल हुनेछन्। आफन्तले कुरा काट्ने भएकाले सचेत हुनुपर्छ। रोजगारीको क्षेत्रमा सफलता मिल्नेछ। परिवारको साथ पाइने छ।

तुला : दिन सामान्य राम्रो छ। गुरुबाट असहयोग हुने भएकाले धेरै चुनौती छन्। न्यायपूर्वक गरेको लगानीबाट सन्तुष्टि मिल्नेछ। आफूभन्दा ठुलाको आज्ञा लिएर काम गर्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिक : दैनिकी राम्रो छ। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। काम गर्दै जाँदा विभिन्न खालका चुनौतीको सामना गर्नुपर्ने देखिन्छ। परिवारको भने सहयोग प्राप्त हुनेछ।

धनु : दैनिकी राम्रो छ। हरेक क्षेत्रमा सफलता मिल्नेछ। परोपकारको काम गर्नाले मन खुशी हुनेछ। आँखामा समस्या हुने भएकाले समयमै सचेत हुनुपर्ने देखिन्छ। पारिवारिक र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : समय राम्रो छ। बलले भन्दा बुद्धिले काम गर्नुपर्ने देखिन्छ। खर्च भएको रकमको सदुपयोग हुनेछ। दुःखीलाई आफ्नै हातले वस्त्र र अन्न प्रदान गरेमा राम्रो हुन्छ।

कुम्भ : दिन सामान्य छ। शनिदेवलाई खुशी पार्न शिवको भजन सुन्नु फाइदाजनक हुन्छ। स्वास्थ्य र शिक्षा क्षेत्र सबल छन्। रोजगारीको क्षेत्रमासमेत फाइदा हुनेछ। परिवारको असन्तुष्टि सुन्नुपर्ने छ।

मीन : दिन राम्रो छ। स्वदेशमै रोजगारीको सम्भावना देखिन्छ। आफन्तबाट प्रशंसा हुन्छ। सम्मान प्राप्त हुनसक्छ। दिनमा निन्द्रालाई त्याग गर्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग मिल्नेछ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ५ : १५ बजे

गाजामा इजरायलको क्रुरता : पाँच वर्ष मुनिका १२ हजार बालबालिका चरम कुपोषणले छट्पटाउँदै

एजेन्सी – गाजापट्टीमा उग्रवादी सङ्गठन हमास निमिट्यान्न पार्ने बहानामा इजरायलले

बहादुरसिंह लामाले पनि बानियाँलाई मत दिएपछि…

काठमाडौँ – नेपाली कांग्रेसका शीर्ष नेताहरूले संयुक्त निर्णय गरेर बागमती

कारागार व्यवस्थापनमा सुधार गर्न आयोगको निर्देशन

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले कारागार व्यवस्थापन र कारागारभित्रको

सुक्खाग्रस्त सङ्कट झेलेका पर्साका कृषकलाई मलखादको पिरलो

वीरगञ्ज (पर्सा) : पर्साको जिराभवानी गाउँपालिका–५ कुडौलीका कृषक अलखदेवप्रसाद थारूले

भारतको बाढीपहिरोमा २६ नेपाली बेपत्ता (नामसहित)

काठमाडौँ – भारत उत्तराखण्डको उत्तरकाशी र पौडी गढवाल जिल्लामा एक