स्पेन ओपन तेक्वान्दोमा अशोक खड्का निर्णायक « Khabarhub

स्पेन ओपन तेक्वान्दोमा अशोक खड्का निर्णायक


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं — तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक (रेफ्री) अशोक खड्काले स्पेन ओपन तेक्वान्दो च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् ।

विश्व तेक्वान्दोको आयोजनामा हुने प्रतियोगिताका लागि उनी बुधबार स्पेनको एलिकान्टे जाँदै छन् । प्रतियोगिता फेब्रुअरी २ देखि ४ तारिखसम्म हुनेछ ।

उनले ग्योरोगी र पुम्सेमा निर्णायकको भूमिका निर्वाह गर्ने बताइएको छ । उनी पुम्से र ग्यारोगी दुवै विधाका अन्तर्राष्ट्रिय निर्णायक हुन् ।

तेक्वान्दोको वर्ल्ड र्‍याकिङका जर्मनी, अस्ट्रेलिया, बेल्जियम, पाकिस्तान, मेक्सिको, बुल्गेरिया ओपन, प्रेसिडेन्ट कपलगायत दुई दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाइसकेको अनुभव खड्कासँग छ ।

खड्कालाई एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र सदस्य अञ्जन धमलाले सोमबार बिदाइ समेत गरेका छन् ।

 

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ९ : ४१ बजे

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक २ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा