भ्रष्टाचार सूचकांकमा नेपालको अवस्था सुधार | Khabarhub Khabarhub

भ्रष्टाचार सूचकांकमा नेपालको अवस्था सुधार


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वमा व्यापक भ्रष्टाचार हुने मुलुकहरूको सूचीमा नेपालले केही सुधार गरेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) २०२३ मा नेपालले केही सुधार गर्दै ११० औं स्थानबाट १ सय ८ औं स्थानमा उक्लिएको हो ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार काठमाडौंमा सीपीआई प्रतिवेदन सार्वजनिक गर्दै १८० मुलुकमध्ये नेपाल ३५ अंकका साथ १०८ औं स्थानमा रहेको जनाएको हो ।

सूचकांकमा डेनमार्क ९० अंकका साथ सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र ११ अंक प्राप्त गरी सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रूपमा सूचिकृत भएका छन् । सुचकांकमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्ट जनाउँदछ भने ३५ अंकभन्दा कम स्कोर ल्याउने मुलुकहरू गम्भीर भ्रष्टाचारको समस्यामा परेको मानिन्छ ।

कार्यक्रममा ट्रान्सपरेन्सी नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले गत वर्षको तुलनामा नेपालको अंकका केही सुधार भए पनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै कायमै रहको बताइन् । उनले भ्रष्टाचार विरुद्धको जनचाहना सम्बोधन गर्न सरकार यथाशीघ्र अति गम्भीर हुन जरुरी रहेको बताइन् ।

प्रधानाङ्गले संसदमा विचाराधीन रहेका भ्रष्टाचार विरोधी ऐन कानूनलाई फितलो बनाउने प्रयास रोक्नुपर्ने, राजनीतिक व्यक्तिउपर भ्रष्टाचारका मुद्दामा निष्पक्ष अनुसन्धान तथा कारबाही गर्न ट्रान्सपरेन्सी इन्टरनेशनलले माग गरेको बताइन् । त्यस्तै उनले मन्त्रिपरिषद्को नीतिगत निर्णयका नाममा भ्रष्टाचारको अनुसन्धानबाट उन्मुक्ति पाउने व्यवस्थाको अन्त्य गर्न माग गरिएको जानकारी दिइन् ।

सीपीआई २०२३ मा दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटानले २६, भारत ९३, माल्दिभ्सले ९३, श्रीलंका ११५, पाकिस्तान १३३, बङ्गलादेश १४९ र अफगानिस्तान १६२ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  २ : ०५ बजे

गृहमन्त्री अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता, चुनावको विषयमा छलफल

काठमाडौं– गृहमन्त्री ओम प्रकाश अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन

जापानमा ६.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी

टोकियो– जापानमा आइतबार साँझ ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि उत्तरपूर्वी

विगतका निर्णय उल्टाउन माग गर्दै डा. केसीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापन पत्र 

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले विगतमा स्वार्थ समूहको

जेन-जी आन्दोलनका नाममा देशलाई अस्थिरताको बाटोमा धकेल्ने प्रयास भयो : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलनका नाममा