भारतीय नौसेनाद्वारा १९ जना पाकिस्तानीको उद्धार « Khabarhub

भारतीय नौसेनाद्वारा १९ जना पाकिस्तानीको उद्धार


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय नौसेनाको युद्धपोत आइएनएस सुमित्राले सोमालियाको पूर्वी तटबाट जाँदै गरेको इरानी माछा मार्ने जहाज अल नईमीमा समुद्री डकैतीको प्रयासलाई विफल बनाएको छ ।

साथै सोमबार १९ जना पाकिस्तानी नागरिकलाई सफलतापूर्वक उद्धार गरेको भारतीय नौसेनाले जनाएको छ । सोमाली समुद्री डाकुहरूबाट इरानी झण्डा बोकेको माछा मार्ने जहाज एफभी इमानलाई बचाई भारतीय नौसेनाले उद्धार गरेको जनाएको छ । 

सोमालियाको पूर्वी तट र एडनको खाडीमा समुद्री डकैती विरोधी कारबाहीमा १७ जना चालक दलका सदस्यहरू सहभागी थिए । भारतीय नौसेनाका अनुसार युद्धपोत आइएनएस सुमित्राले संकटग्रस्त जहाजलाई रोकी  माछा मार्ने जहाज पत्ता लगाएको थियो । बन्धक बनाइएका १९ पाकिस्तानी राष्ट्रिय चालक दलका सदस्यहरूलाई उद्धार गरिएको छ  ।

युद्धपोतले डुङ्गासहित चालक दलका सदस्यहरूको सुरक्षित रिहाइका लागि समुद्री डाकुहरूलाई बाध्य पारी डुङ्गासहित सबै १९ जनाको रिहाइ गरेको छ ।

आईएनएस सुमित्राले ३६ घण्टाको अथक प्रयासबाट कोचीबाट करिब आठ सय ५० एनएम पश्चिम दक्षिणी अरब सागरमा ३६ चालक दल (१७ इरानी र १९ पाकिस्तानी) सहित दुई अपहरण गरिएका माछा मार्ने जहाजहरू समेत उद्धार गरेको छ  ।  

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ५ : २१ बजे

अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

इलाम– केही वर्षअघिसम्म इलामको चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि

विपदका घटनासम्बन्धी हटलाइन नम्बर १२३४ सबै जिल्लामा विस्तार

काठमाडौँ– विपदसम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो,

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

म्याग्दी– प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व