गाडीको ठक्करबाट एक वृद्धाको मृत्यु « Khabarhub

गाडीको ठक्करबाट एक वृद्धाको मृत्यु


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको अत्तरिया चौराहमा गाडीको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ स्थित चौराहामा बा १८ च ५८२९ नम्बरको गाडीको ठक्करबाट ७८ वर्षीया नन्दा देवी नाथको मंगलबार दिउँसो मृत्यु भएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार नवीन दाना पोल्ट्री फर्मको गाडीले वृद्धालाई ठक्कर दिएको थियो। गाडीको ठक्करबाट घाइते भएकी पैदल यात्री नाथको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

उनलाई ठक्कर दिन गाडी र चालक गोदावरी नगरपालिका वडा नम्बर २ का दिनेश लम्साललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको विषयमा मालाखेती प्रहरीले थप अनुसन्धान गर्दैछ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ७ : ५७ बजे

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

राँझा– नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण बन्दै गएको

जलविद्युत् आयोजनाको सहयोगमा फेदीखोलामा ट्रस पुल निर्माण

दमौली– तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा भिमाद नगरपालिका–५ स्थित फेदीखोलामा ट्रस

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलामा विधान संशोधन सहितका प्रतिवेदन पेश

काठमाडौं – काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की– पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

म पार्टी विभाजनको पक्षमा छैन : शशांक कोइराला

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजनको पक्षमा