चिसो समयमा ओठ फुट्ने समस्या यसरी समाधान गर्नुहोस् « Khabarhub

चिसो समयमा ओठ फुट्ने समस्या यसरी समाधान गर्नुहोस्


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिसो मौसम शुरु भएसँगै धेरै जनालाई ओठ फुट्ने समस्याले सताउने गर्छ । चिसोमा ओठ फुट्दा घाउ सानो देखिए पनि पीडा निकै हुने गर्छ ।

जाडो मौसममा थाइराइड, इन्डोक्राइन जस्ता ग्रन्थीमा समेत रगतको मात्र कम भएर  ओठ फुट्न सक्ने चिकित्सकहरू बताउँछन् ।

ओठ फुटेपछि  पोल्ने, बोल्न नमिल्ने, खाना खान गाह्रो हुने र ओठबाट रगत समेत बग्न थाल्छ ।

यस कारण फुट्छ ओठ  
– चिसो तथा सुख्खा मौसम
– हरियो सागसब्जी तथा फलफूल नखाँदा
– पानीको मात्रा कम भएर
– कम गुणस्तरको लिपबाम तथा लिपिस्टिक लगाउँदा
– बारम्बार जिब्रोले ओठ चलाउँदा
– जाँडरक्सी र चुरोट धेरै खाँदा

यस्तो समस्याबाट कसरी छुटकारा पाउने त ?
– सबै भन्दा पहिला ओठ फुट्ने समस्या भएका व्यक्तिले ओठलाई बारम्बार जिब्रोले चलाउनु हुँदैन, यसो गर्दा ओठको छाला सुख्खा भइ फुट्ने      गर्छ ।
– बाहिर निस्किँदा चिल्लो पदार्थहरू जस्तै :  मह, घिउ, नरिवलको तेल, दूधको तर वा लिपबाम लगाउनु पर्छ यसो गरेमा ओठ फुट्ने सम्भावना     कम हुन्छ ।
– यो मौसममा धेरै धुमपान र मद्यपान गर्नाले पनि ओठ फुट्ने समस्या देखा पर्दछ त्यसैले यस्ता पदार्थबाट टाढा रहनु पर्ने चिकित्सकहरू                बताउँछन् ।
– ओठमा जमेका मृत छाला औँला अथवा नङले कोट्याएर निकाल्ने गर्नहुँदैन । यसो गर्दा घाउ भएर समस्या झन बढ्दै जान्छ ।
– जाडोमा धेरैले पानी कम खाने गर्ने कारण पनि ओठ लगायत शरीरका छालाहरु फुट्ने गर्छन् त्यसैले प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।
– बाहिर बजारमा पाइने विभिन्न प्रकारकf लिपिस्टिक ओठमा लगाउनु हुँदैन ।
– यदि ओठ फुटेर घाउ नै भयो भने एन्टिबायोटिक क्रिम लगाउनुपर्छ ।

 

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ६ : ५४ बजे

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य