दिवा खाजाले विष्णु माविमा बढ्यो विद्यार्थीको नियमितता « Khabarhub

दिवा खाजाले विष्णु माविमा बढ्यो विद्यार्थीको नियमितता


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

दोलखा– पछिल्लो समय धेरै सामुदायिक विद्यालयमा विद्यार्थीको रुचि घट्दो छ । कतिपय तल्लो कक्षा सञ्चालन हुने विद्यालय विद्यार्थी अभावमा नै बन्द हुन थालेका छन् । तर यहाँको एक सामुदायिक विद्यालयमा भने विद्यार्थीहरूको उपस्थिति बाक्लो हुँदै गएको छ ।

जिल्लास्थित वैतेश्वर गाउँपालिकाको विष्णु माध्यमिक विद्यालयले विद्यार्थीहरूलाई दिवा खाजा उपलब्ध गराउन थालेपछि विद्यार्थीहरू नियमित उपस्थिति हुनुको साथै विद्यार्थीको संख्यामा पनि वृद्धि भएको छ ।

विद्यालयमा हाल दैनिक ९८ प्रतिशत विद्यार्थी नियमित उपस्थित हुने गरेको विद्यालयले जनाएको छ । सरकारले आधारभूत तहको १–५ कक्षाका विद्यार्थीलाई विद्यालय दिवा खाजा उपलब्ध गराउन सुरु गरे पनि विद्यालयले एक वर्ष अघिसम्म खाजा नदिई विद्यार्थीले पाउने खाजाबापतको १५ रुपैयाँ विद्यार्थीलाई नगद नै दिने गरेको थियो । तर विद्यालय प्रशासनले गत वर्षदेखि राज्यले उपलब्ध गराउने १५ रुपैयाँमा आफ्नै स्रोतबाट एक कक्षा थप गरी कक्षा–६ सम्मका विद्यार्थीलाई दैनिक फरक–फरक परिकार बनाएर विद्यालयमै खाजा उपलब्ध गराउन थालेको छ ।

विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन नहुँदा करिब ७०/७५ प्रतिशत मात्रै विद्यार्थीको नियमित हाजिर हुन्थ्यो । तर खाजा खुवाउने कार्यक्रम सुरु भएपछि नियमित हाजिर हुने विद्यार्थीको संख्या सुधार आएको विद्यालयका प्रधानाध्यापक भाइराम बुढाथोकीले बताए ।

उनका अनुसार सरकारले एक–पाँच कक्षाका विद्यार्थीलाई खाजा उपलब्ध गराउने भने पनि खाजा तयार गर्नका लागि प्राप्त संरचना नहुँदा विद्यालयले विद्यार्थीलाई पैसा नै वितरण गर्ने गरेको थियो । तर हाल सबै व्यवस्थापन गरेर कक्षा ६ सम्मकै विद्यार्थीलाई स्थानीय गाउँघरका परिकार बनाएर खुवाउने गरिएको उनले बताए ।  दिवा खाजाले विद्यार्थीको उपस्थिति मात्रै नभई यस विद्यालयमा भर्ना हुने विद्यार्थीको संख्यामा समेत बढेको उनले बताए ।

विद्यालयमै स्थानीय परिकार बन्न थालेपछि विद्यार्थीहरूले जङ्कफुट किन्न र खान समेत छाडेका छन्  । विद्यालयले विद्यार्थीलाई आइतबार जाउलो, सोमबार चना चिउरा दाल, मंगलबार मकै भटमास गेडागुडी, बुधबार थप्पा, बिहीबार हलुवा दिने गरेकोले विद्यार्थी खुसीसाथ विद्यालय आउने गरेको उनले सुनाए ।

भूकम्पले ध्वस्त यस विद्यालयको संरचना यस वर्ष देखि वैतेश्वर गाउँपालिका अध्यक्ष छबीलामाको पहलमा संघीय सरकारको अनुदानमा विद्यालय भवन निर्माणको लागि टेन्डर मार्फत निर्माण सुरु हुने छ।

यता पालिकाले पनि विद्यालयको भौतिक निर्माणको लागि चालु वर्ष अनुदान दिएर भवन निर्माणको लागि फाउन्डेसन सम्याउने र ग्यावेन लगाउने काम सम्पन्न भएको विद्यालयले जनाएको छ।

सुबास बस्नेत

याे पनि : 

स्कुलमा सरकारी खाजा : सिकाउन र टिकाउन सहज

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  १२ : ५६ बजे

किरण गुरुङ भन्छन् : लज्जास्पद हारको जिम्मा नेतृत्वले लिनैपर्छ, अन्टसन्ट कुरा गरेर उम्किन पाइँदैन

काठमाडौं- नेकपा एमालेका नेता किरण गुरुङले फागुन २१ को निर्वाचनमा

इरानको दाबी– इजरायली गोप्य एजेन्सीको कार्यालय र दुईवटा एयरबेसमा हमला

तेहरान- इरानले ड्रोनमार्फत इजरायलका दुईवटा एयरबेस र गोप्य एजेन्सीको मुख्यालयमा

इराकमा अमेरिकी तेल ट्यांकरमाथि हमला, एक भारतीयको मृत्यु

काठमाडौं– इराकको बसरा नजिक कच्चा तेल बोकेको अमेरिकी ट्यांकरमाथि भएको

अमेरिका नै भन्छ : इरानको सत्ता तत्काल ढल्न सक्ने देखिएन

वासिङ्गटन- अमेरिकी सरकारकै एक रिपोर्टले इरानको वर्तमान सरकार तत्कालै ढल्न

सीजीले ल्यायो एसीमा ‘फ्री सर्भिसिङ क्याम्प’ र एक्सचेन्ज अफर

काठमाडौं– सीजीले गर्मी मौसम सुरु हुनुअघि नै ‘फ्री एसीसर्भिस क्याम्प’ र आकर्षक ‘एक्सचेन्ज अफर’