कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु « Khabarhub

कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

धनगढी– कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३, आईबीआरडीमा पोलमा तार विस्तार गरिरहेका एक कामदारको करेन्ट लागेर मृत्यु भएको हो।

बुधवार बिहान ११ हजार भोल्टको करेन्ट लागेर ३२ वर्षीय राधेश्याम रानाको मृत्यु भएको छ। अस्थायी प्रहरी पोस्ट आईबीआरडीको नजिक पुनर्वास नगरपालिका वडा नम्बर १ पुरैनाका रानाको मृत्यु भएको हो।

काम भइरहेको क्षेत्रको ट्रान्सफर्मरबाट ठेकेदार कम्पनीका कर्मचारीले विद्युत कटौती गरि काम सुरु गरेका थिए। तर, १५ मिनेट पछि एक्कासि  विद्युत सुचारु हुँदा उनी पोलबाट खसेका हुन। घाइते भएका रानाको उपचारका क्रममा माया मेट्रो हस्पिटल धनगढीमा मृत्यु भएको  विद्युत वितरण केन्द्र बेलौरीका प्रमुख टंकराज गिरीले बताए। सो क्षेत्रमा विद्युत् स्तरवृद्धिको काम जारी छ।

पूर्णागिरी कन्स्ट्रक्सन प्रालिले नेपाल  विद्युत प्राधिकरणबाट ठेक्का लिई लाइन स्तरवृद्धिको काम गर्दैछ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ७ : २४ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको