राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने सकारको निर्णय « Khabarhub

राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने सकारको निर्णय


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको अध्यक्षतामा निजी क्षेत्रको प्रतिनिधित्व हुने गरी राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

बैठकले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा उमाशंकर प्रसादलाई नियुक्त गर्ने निर्णय गरेको छ भने  नेपाल वायुसेवा निगमको रिक्त उपाध्यक्ष पदमा  सञ्चालक समिति सदस्य विक्रम राईलाई नियुक्त गर्ने निर्णय भएको उनले बताइन्  । बैठकले सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता शर्माले बताइन् ।

त्यस्तै बैठकले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको सदस्य पदमा लेखनाथ लामा र डा साहारा श्रेष्ठलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ ।

याे पनि…

वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राई नियुक्त, योजना आयोगको सदस्यमा उमाशंकर

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  १ : २९ बजे

आज निर्जला एकादशी, वैदिक सनातन धर्मावलम्बीले घरका मठमा तुलसीको दल राख्दै

काठमाडौँ– वैदिक सनातन धर्मावलम्बीले आज आआफ्नो घरको मठमा तुलसीको दल

विश्वकप गोलकर्ता : मेसीलाई पछ्याउँदै एम्बाप्पे, हालान्ड र भिनिसियस

काठमाडौँ – फिफा विश्वकपको शीर्ष गोलकर्ताको दौडमा अर्जेन्टिनाका कप्तान तथा

भेनेजुएलामा ठूलो भूकम्पपछि २० भन्दा बढी पराकम्प, ट्रम्पद्वारा सहयोगको प्रतिबद्धता

काठमाडौँ – पहिलो मुख्य भूकम्पपछि भेनेजुएलामा २० भन्दा बढी पराकम्प

मेक्सिकोको समूह विजेता बन्दै नकआउट चरणमा

मेक्सिको सिटी – घरेलु टोली मेक्सिकोले जारी विश्वकप फुटबलको समूह