मनोरञ्जनात्मक अनलाइन जोय नेपालको शुभारम्भ  « Khabarhub

मनोरञ्जनात्मक अनलाइन जोय नेपालको शुभारम्भ 


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पेभेलियन मिडिया प्रा.लि ले नयाँ मनोरञ्जनात्मक अनलाइन जोय नेपाल शुभारम्भ गरेको छ ।

बिहीबार एक कार्यक्रमका बीच जोय नेपाल अनलाइनको शुभारम्भ गरिएको हो ।

शुभारम्भ समारोहमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत, वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ सहभागी भएका थिए ।

शुभारम्भ समारोहमा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले जाेय नेपाल नेपाली पत्रकारिताको क्षेत्रमा नयाँ सञ्चार माध्यमको रूपमा उदाएको भन्दै यसले मनोरञ्जनात्मक पत्रकारितालाई संस्थागत गर्ने विश्वास व्यक्त गरे ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले नेपाली सञ्चार माध्यममा नकारात्मक समाचारले मात्र प्रश्रय पाइराखेको समयमा जोय नेपालले  सकारात्मक सञ्चारका विकास गर्ने विस्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले जाेय नेपाल सफलताको शुभकामना व्यक्त गरे ।

नेपालको स्वास्थ्य शिक्षामा परिवर्तनको आवश्यकता रहेको भन्दै मन्त्री बस्नेतले नीतिगत रूपमा काम गर्न आफूले पहल गरिरहेको बताए ।

शैक्षिक संस्थाको गुणस्तर वृद्धि गर्दै नेपालमा नै चिकित्सा शिक्षा पढ्न पाउने वातावरण बनाउन आफू लागिरहेको उनको तर्क थियो ।

अबको ५ वर्षमा नेपालमा डाक्टर नर्सको अभाव रहने भन्दै मन्त्री बस्नेतले त्यसलाई रोक्नलाई पनि स्वास्थ्य क्षेत्रमा गम्भीर भएर काम गर्नु पर्ने आवश्यकता रहेको बताए ।

जाेय नेपाल सफलताको शुभकामना दिँदै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले मिडियाको संस्थागत विकासमा ध्यान दिनु पर्ने बताए।

कार्यक्रममा बोल्दै पेभेलियन मिडिया प्रालीका अध्यक्ष नरेश श्रेष्ठले खबरहब पछि जाेय नेपाल सञ्चालनमा ल्याउन पाउँदा खुसी लागेको बताए । आफूहरू अब आर्थिक अनलाइन सञ्चालनको तयारीमा रहेको भन्दै उनले खबरहब प्रति आम श्रोताले देखाएको विश्वास अन्यमा पनि रहने विश्वास व्यक्त गरे ।

नेपाली सञ्चार माध्यमको अनलाईन विधाबाट सुरु गरेको पत्रकारिता प्रसारण माध्यम रेडियो क्यान्डिडबाट पनि प्रारम्भ गरेको भन्दै उनले भविष्यमा टेलिभिजन सञ्चालनको योजना रहेको बताए ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  २ : २४ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।