काठमाडौं र महेन्द्रनगरले जीत हासिल गर्दा रुपन्देही र अत्तरिया पराजित | Khabarhub Khabarhub

काठमाडौं र महेन्द्रनगरले जीत हासिल गर्दा रुपन्देही र अत्तरिया पराजित


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धनगढी प्रिमियर लिग (डीपीएल) मा आइतबार भएका दुई खेलमा महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सले जीत हात पार्दा रुपन्देही र सिवाईसी अत्तरियाले पराजय भोगेका छन् ।

धनगढीस्थित प्रस्तावित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो खेल बर्षाका कारण ६ ओभरमा घटाइएको थियो । जसमा महेन्द्रनगरले अत्तरियालाई ७ विकेटले पराजित गर्‍यो । आइतवारको जीतसँग महेन्द्रनगर गर्दै ४ अंकसहित चौथो स्थानमा उक्लिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले ६ ओभरमा ५ विकेट गुमाएर ५४ रन बनाएको थियो । अत्तरियाले दिएको लक्ष्य पछ्याएको महेन्द्रनगरले २ बल बाँकी रहँदै ३ विकेट गुमाएर ५५ रन बनाउँदै लक्ष्य पुरा गर्‍यो ।

महेन्द्रनगरका लागि आनन्द सुब्रमुनियमले १७ रन बनाए भने आरिफ शेखले १५ रन बनाए । महेन्द्रनगरविरुद्ध अत्तरियाका भुवन कार्कीले २ विकेट लिए भने दीपेन्द्र रावतले एक विकेट लिएका थिए ।

यस्तै, टस जिते पहिलो ब्याटिङ गरेकमो अत्तरियाले ५ विकेट गुमाएर ५४ रन बनाएको थियो । जसमा अत्तरियाका सन्नी पटेलले १९ रन बनाए भने जयकिसन कोल्सावाला र कप्तान दीपेन्द्रसिंह ऐरीले समान १०—१० रन बनाएका थिए । अत्तरियाविरुद्ध महेन्द्रनगरका बलर सागर ढकालले उत्कृष्ट बलिङ गरे । उनले १ ओभर बलिङ गर्दा ९ रन खर्चेर २ विकेट लिएका थिए । यस्तै, अभिनास बोहराले २ आभेर बलिङ गरेर १९ रन खर्चेर २ सवकेट लिए भने कप्तान शरद भेषावकरले १ विकेट मात्रै लिन सके । पराजित अत्तरिया डीपीएलमा ३ खेलमा ४ अंक जोडेको छ ।

आइतवार भएको दोस्रो खेलमा जीत हासिल गरेको काठमाडौं गोल्डेन्स डीपीएलको शीर्ष स्थानकमा उक्लिएको छ ।

काठमाडौंसँगको खेलमा रुपन्देही च्यालेन्जर्सले लज्जास्पद हार बेहोर्‍यो । टस जितेर पहिलो ब्याटिङको निर्णय गरेको रुपन्देहीका लागि कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न नसक्दा टीम ३३ रनमा समेटीयो । जसमा रुपन्देहीविरुद्ध काठमाडौंका बलर नन्दन कुमार यादव, ललितनारायण राजवंशी र सुर्य तामाङले उत्कृष्ट प्रदर्शन गरे । ३.१ ओभर बलिङ गरेका यादवले जम्मा ५ रन खर्चेर ३ विकेट लिए भने २ ओभर बलिङ गरेका ललितले ४ रन खर्चेर २ विकेट लिए ।

त्यस्तै, सूर्य तामाङले ३ ओभर बलिङ गर्दै ६ रन खर्चेर २ विकेट लिए भने योगेन्द्रसिंह कार्की र अङ्कीत डबासले समान एक—एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभर पुरा खेल्दै ७ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो । काठमाडौंका लागि अङ्कीत डबासले उत्कृष्ट ब्याटिङ गर्दै ४३ बनाएका थिए । जसमा उनले ३ छक्का र १ चौका प्रहार गरे । त्यस्तै, अनिल कुमार शाहले २३ रन, राशिद खानले १४ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले १२ रन बनाएका थिए ।

काठमाडौंविरुद्ध रुपन्देहीका विक्रम शोव, पसनित मेहरा र अनिल खरेलले समान २—२ विकेट लिए भने ललितसिंह भण्डारीले एक विकेट लिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ६ : २० बजे

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– मङ्गलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यस

खानीखोला हाइड्रोपावरको हकप्रद सेयरमा असोज ५ सम्म आवेदन दिन सकिने 

काठमाडौं– खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयरमा आवेदन दिने समय

कारागारबाट भागेका सात कैदी झापाबाट पक्राउ

झापा– जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न कारागारबाट भागेका सात जना

जेन-जी आन्दोलनको असर : बिना बर्दीमा फर्किए प्रहरी (तस्बिरहरू)

काठमाडौं- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनमा देशभरिका

दूग्ध उत्पादक किसानलाई अनुदान

बागलुङ– किसानले उत्पादन गरेको दूध मात्राका आधारमा अनुदान दिने कार्यक्रम