नारायणगढ-मुग्लिन सडक थप तीन साता बन्द  « Khabarhub

नारायणगढ-मुग्लिन सडक थप तीन साता बन्द 


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

भरतपुरनारायणगढ–मुग्लिन सडक खण्ड  थप तीन साता दिउँसो बन्द हुने भएको छ। सो सडक खण्डको तुईन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको हो।  

जिल्ला प्रशासन कार्यालय चितवनमा भएको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर काम गर्ने निर्णय गरेको नागढु्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड–नारायणगढ–मुग्लिनका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यले जानकारी दिए ।

उनले अन्तिम पटकका लागि तीन साता सडक बन्द गरेर काम गर्न लागिएको बताए । सो सडकमा बनाइनुपर्ने १९ पुलमध्ये चारवटा चार वर्षअघि निर्माण गरिएका थिए भने बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । 

विसं २०७६ चैत १० गतेदेखि पुल निर्माण थालिएको हो ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ७ : ०० बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारमात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि

एकैदिन छापियो ५ हजारभन्दा बढी ई-पासपोर्ट

काठमाडौँ । राहदानी विभागले विद्युतीय राहदानी (इ–पासपोर्ट) उत्पादन क्षमतामा उल्लेख्य