नेपाल चरा उत्सव माघ २६ देखि « Khabarhub

नेपाल चरा उत्सव माघ २६ देखि


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

मध्यविन्दु– दोस्रो नेपाल चरा उत्सव यही माघ २६ देखि २८ गतेसम्म नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा हुने भएको छ । चरा तथा तिनको बासस्थानको संरक्षण, जनचेतनासँगसँगै सरोकारवालालाई जीविकोपार्जनमा टेवा पुग्ने गरी चरा पर्यटनको विकास गर्ने उद्देश्यका साथ चरा उत्सव आयोजना गर्न लागिएको हो । 

तीन दिनसम्म कावासोती नगरपालिका-१३ मा सञ्चालन गरिने उत्सवको मुख्य उद्देश्य चराको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्नु रहेको नेपाल चरा उत्सवका संयोजक मनशान्त घिमिरेले जानकारी दिए । नेपालमा सन् २०१८ मा पहिलो पटक चरा उत्सव भएको थियो । 

पछि सन् २०१९ मा कास्कीको पोखरामा चरा उत्सव आयोजना गरिएको थियो । उक्त उत्सवमा पाँचबुँदे घोषणापत्र जारी गरिएको थियो । कोभिड-१९ का कारण रोकिएको उत्सव पुनः आयोजना गर्न लागिएको उनले बताए। 

उत्सवमा जैविक विविधताको क्षेत्रमा काम गर्ने ३९ सङ्घसंस्थाका प्रतिनिधि, भारत, भूटान, श्रीलङ्का, मलेसिया, हङकङ, सिङ्गापुर, फिलिपिन्स, जापान, स्विजरल्यान्ड, अमेरिका, आयरल्यान्ड, बेलायतलगायत देशबाट प्रतिनिधिको सहभागिता रहने ‘वल्र्ड एजुकेसन सोसाइटी’का अध्यक्ष टीकाराम गिरीले बताए। 

उत्सवमा पक्षी पहिचान तालिम, ट्रेल प्याकेज, फोटो प्रदर्शनी, पक्षीकला प्रतियोगिता, पक्षी अवलोकन, गिद्धका गतिविधि अवलोकन, जङ्गल सफारी, लोकसांस्कृतिक प्रस्तुति, पक्षी संगोष्ठी, कक्ष प्रदर्शनी, निःशुल्क स्वास्थ्य शिविरलगायत गतिविधि गरिने छन् । 

नेपालमा आठ सय ९४ प्रजातिका पक्षी पाइन्छन् । नवलपुरको नारायणी नदी र चितवन राष्ट्रिय निकुञ्ज आसपास पाँच सय ६५ प्रजातिका चरा पाइन्छन् । नेपालमा विश्वमै दुर्लभ मानिएका ४३ प्रजातिका चरा पाइने गरेकामा नारायणी नदी र चितवन राष्ट्रिय निकुञ्ज आसपास ३९ प्रजातिका चरा पाइन्छन् ।

पोखरा पक्षी समाजको आयोजना, जटायु रेस्टुरेन्ट व्यवस्थापन समिति र वर्ड एजुकेसन सोसाइटीको सहआयोजनामा चरा उत्सव सञ्चालन गर्न लागिएको हो । उत्सवको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पन्छी संरक्षण सङ्घले समन्वय गरेका छन् ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ८ : ३८ बजे

इरानमाथि आक्रमण गरे क्षेत्रीय युद्ध चर्किन सक्ने इजरायली सेनाको चेतावनी

जेरुसेलम – इजरायलले इरानमाथि सम्भावित सैन्य आक्रमण गरे त्यसले व्यापक

संयुक्त सैन्य अभ्यासका लागि भारतीय सैनिक टोली नेपालमा

काठमाडौं – नेपाल र भारतकाबीच हुँदै आएको संयुक्त सैन्य अभ्यास

कात्तिक शुक्ल चतुर्दशीका अवसरमा बौडेश्वर मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौं – कात्तिक शुक्ल चर्तुदशीका अर्थात् बैकुण्ठ चर्तुदशीका अवसरमा काठमाडौँको

नेपालमै विकसित सेल ब्रडकास्ट प्रणालीको प्रारम्भिक परीक्षण सफल

काठमाडौं – विपदको जोखिममा रहेका क्षेत्रका नागरिकलाई मोबाइल फोनमार्फत समयमै

आजका समाचार : भारतमा विभिन्न सम्झौता गरी प्रधानमन्त्री स्वदेश फिर्ता, सर्वोच्चले थप्यो आईजीपी केसीको म्याद र यमनमा साउदी हमला

भैरहवा हवाई रुटलाई द्वितर्फी बनाउन नेपाल-भारत सहमतप्रधानमन्त्री वालेन्द्र शाहको भारत