माल्दिभ्सलाई दिने सहायता रकममा भारतद्वारा २२ प्रतिशतले कटौती « Khabarhub

माल्दिभ्सलाई दिने सहायता रकममा भारतद्वारा २२ प्रतिशतले कटौती


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– माल्दिभ्सको सुख-दुःखमा साझेदार रहेको भारत यसका गतिविधिबाट यति विचलित भएको छ। अहिले नयाँ दिल्लीले मालेलाई दिने आर्थिक सहयोगमा कटौती गरेको छ । 

भारतले हिजो आर्थिक वर्ष २०२४-२५ को लागि अन्तरिम बजेट प्रस्तुत गरेको छ । सो बजेट अन्तर्गत भारतले २०२४–२५ आर्थिक वर्षको लागि माल्दिभ्सको सहायतामा २२ प्रतिशत कटौतीको प्रस्ताव गरेको छ। जसअनुसार माल्दिभ्सको विकासका लागि बजेटमा ६०० करोड रुपैयाँ विनियोजन गरिएको छ। 

यद्यपि यो सरकारले कुनै पनि विदेशी मुलुकलाई दिने तेस्रो ठूलो रकम हो । तर यसअघि दिएको सहयोगको तुलनामा भने यो घटेको छ । सन २०२३– २४ मा भारत सरकारले माल्दिभ्सलाई ७७०.९० करोड भारतीय रुपैयाँ सहयोग गरेको थियो। सो अघि सन २०२१–२२ मा १८३.१६  करोड भारतीय रुपैयाँ दिएको थियो। माल्दिभ्सलाई भारतीय विदेश मन्त्रालयमार्फत विभिन्न योजना अन्तर्गत यो सहयोग उपलब्ध गराउँदै आएको छ ।

पछिल्ला केही वर्षदेखि माल्दिभ्सलाई आर्थिक सहायता प्रदान गर्ने देशहरूमा भारत अग्रणी रहेको छ। भारतले माल्दिभ्सलाई रक्षा, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा धेरै सहयोग गरिरहेको छ । तर, पछिल्लो दिनमा सम्बन्धमा दरार उत्पन्न भए पछि भारतले दिने माल्दिभ्सको बजेट घटाएको हो ।

साथै, भारत सरकारले आगामी आर्थिक वर्षका लागि विदेशी मुलुकलाई दिइने कुल अनुदानमा पनि १० प्रतिशतले कटौती गरेको छ । भारतले २०२४–२५ को लागि विदेशी देशहरूलाई सहायताको लागि ४८८३.५६ करोड भारतीय रुपैयाँ मात्र विनियोजन गरेको छ। तर, नेपाललाई भने भारतले सहायता रकम बढाएको छ । 

जसअनुसार भारतले नेपाललाई दिने अनुदान बढाएर ११ अर्ब २० करोड पुराएको छ । नेपालका लागि वित्त वर्ष २०२३–२४ मा ५ अर्ब ५० करोड भारु अर्थात ८ अर्ब ८० करोड नेपाली रूपैयाँ विनियोजन गरेको भारतले आगामी वित्त वर्ष २०२४–२५ का लागि ७ अर्ब भारु अर्थात ११ अर्ब २० करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ९ : ३८ बजे

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार