हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै खुलेन | Khabarhub Khabarhub

हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै खुलेन


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

बागलुङ- भारी हिमपातका कारण बिहीबार दिउँसोदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अझै सञ्चालन हुन सकेको छैन । बागलुङको निसीखोला–६ पातिहाल्ने क्षेत्रमा भारी हिमपात परेको हुँदा अहिलेसम्म सडक खुलाउन नसकिएको हो ।

हिमपात हुन रोकिएपछि आज बिहानदेखि हिउँ पन्छाएर सडक खुलाउने प्रयास थालिएको निसीखोला गाउँपालिका–६ का अध्यक्ष सूर्यमान बुढामगरले बताए । जेसिबी प्रयोग लोकमार्ग खुलाउने प्रयास गरे पनि अहिलेसम्म खुलाउन नसकिएको उनले बताए ।

बिहीबार साँझ ४ बजेदेखि पूर्णरुपमा अवरुद्ध सडक सञ्चालन नहुँदा पूर्वी रुकुम र पश्चिम रुकुमदेखि काठमाडौँ, पोखरा, बागलुङ जाने यातायताका साधन ठप्प भएका अध्यक्ष बुढामगरले बताए । बागलुङको बुर्तिबाङदेखि रुकुम, जाजरकोटलगायत स्थानमा पुग्ने यातायातका साधन निसीखोलामा अलपत्र परेका छन् ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ३ : २३ बजे

एमालेको दस्तावेज : कसैले यस्तो नलेखोस् !

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटीको तीनदिने बैठक मंगलबार सकिएको छ

गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्दै सरकार

सुदूरपश्चिम– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कैलालीको गेटामा प्रस्तावित शहीद

विदेशमा आर्जित पुँजी स्वदेशमा परिचालन गर्नुपर्नेमा मन्त्री भण्डारीको जोड 

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले वैदेशिक रोजगारीबाट फर्किएका

ओली भन्छन्- पार्टीभित्र कुनै समूह छैनन्, सबै साथी भरभराउँदो पङ्क्ति हुन्

काठमाडौं– प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी

समाजवादी क्रान्तिका लागि केन्द्रीय समिति बैठक कोसेढुङ्गा सावित : अध्यक्ष दाहाल

काठमाडौं–  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले