भारतविरुद्ध नेपालको खराब ब्याटिङ « Khabarhub

भारतविरुद्ध नेपालको खराब ब्याटिङ


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी यू- १९ विश्वकप क्रिकेटअन्तर्गत सुपर सिक्सको खेलमा भारतको सामान गरिरहेको नेपालले खराब प्रदर्शन गरेको छ ।

ताजा अवस्थामा नेपालले ३० ओभरको खेल सकिँदा ७ विकेट गुमाएर मात्र ९३ रन बनाएको छ । देव खनाल २५ बलमा १९ रन बनाएर क्रिजमा छन् । उनलाई सुवास भण्डारीले साथ दिइरहेका छन् ।

भारतविरुद्ध अर्जुन कुमाल २६ रन तथा दीपक बोहोरा २२ रनमा आउट भए । त्यस्तै गुलशन झा र विशाल विक्रम केसी १ रनमा आउट भए । भने दीपेश कँडेल, दीपक डुम्रेले खाता खोल्न सकेनन् ।

यसअधि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९७ रन जोडेपछि नेपालले २ सय ९८ रनको लक्ष्य पाएको थियो ।

मौसम खराब भएसँगै दोस्रो इनिङ केही ढिला गरी सुरु भएको थियो ।

 

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ८ : ४८ बजे

बाढीमा बेपत्ताको पहिचान गर्न अब नास्टमा पनि डीएनए परीक्षण

काठमाडौं– रसुवा–नुवाकोटमा गएको प्रलयकारी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता व्यक्तिको

महामन्त्री पौडेलको प्रमुख आतिथ्यतामा कांग्रेस काठमाडौं महानगर अधिवेशन सुरु

काठमाडौं– नेपाल कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत काठमाडौँ महानगर समितिको अधिवेशन

सेनासँग एमालेको सम्बन्धदेखि कम्युनिस्ट एकतासम्मको कुरा उठाए विष्णु रिजालले

काठमाडौं- नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले नेपाली सेनासँग

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकबाट ‘भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक,

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय : इटहरीमा असोज १४ देखि २० गतेसम्म

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले सुनसरीको इटहरीमा असोज १४ गतेदेखि