गठबन्धनको ध्यान सत्ता टिकाउनेमा मात्रै केन्द्रित : ओली  « Khabarhub

गठबन्धनको ध्यान सत्ता टिकाउनेमा मात्रै केन्द्रित : ओली 


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको ध्यान सत्ता टिकाउनेमा मात्रै केन्द्रित रहेको बताएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले देश र जनताका लागि केही गर्न नसकेको र गठबन्धनको ध्यान सत्ता टिकाउनेमा मात्रै केन्द्रित रहेको बताएका हुन् । 

गठबन्धनको राजनीति सत्तादेखि सत्तासम्ममात्रै भएको उनले बताए । अध्यक्ष ओलीले सरकारले नै भ्रष्टाचारलाई प्रश्रय दिइरहेको आरोप पनि लगाए । ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाउँदै रामग्राम परियोजना निजी कम्पनीलाई दिँदा ठूलो भ्रष्टाचार भएको उनले बताए । ओलीले जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीलाई हिरासतमा नभई अस्पतालमा राखिएको भन्दै आपत्ती जनाए ।

एमाले नेतृत्वमा तस्करीमा छानविन गरेर जेल हालेकालाई पनि अहिले सरकारले छुटाइरहेको उनको भनाइ छ । उनले दिगो विकास लक्ष्य भेट्न अघि बढिरहेका बेला रेमिटयान्समा सरकारको ध्यान रहेको तर्क गरे ।

अध्यक्ष ओलीले सरकारलाई सत्ताको दुरुपयोग गर्न नदिन एमाले सांसदहरूको भूमिका प्रभावकारी हुनुपर्ने धारणा राखे । संसदीय बैठक दुई दिनसम्म चल्ने एमालेले जनाएको छ । 

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ३ : ०३ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र