विश्व अर्थतन्त्र सकारात्मक दिशातर्फ फर्किएपनि जोखिम कायमै : आईएमएफ « Khabarhub

विश्व अर्थतन्त्र सकारात्मक दिशातर्फ फर्किएपनि जोखिम कायमै : आईएमएफ


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन डीसी- आईएमएफले विश्वव्यापी वृद्धिको पूर्वानुमानित लक्ष्य प्राप्ति गरेपनि अझै सम्भावित जोखिमप्रति सचेत हुन आवश्यक रहेको जनाएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएवाले आईएमएफले विश्वव्यापी वृद्धिको पूर्वानुमानित लक्ष्य प्राप्ति गरेको तर सम्भावित जोखिम भने अझै रहेको बताइन् ।

वासिङ्टन डी.सी.मा रहेको आईएमएफको मुख्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले रूस–युक्रेन र इजरायल–हमासबीच द्वन्द्व जारी रहँदा जटिल भूराजनीतिक अवस्थाले अझै पनि विश्वव्यापी आर्थिक परिदृश्यमा अनिश्चितता ल्याएको बताइन् । आईएमएफले सन् २०२४ मा विश्वव्यापी आर्थिक वृद्धिको अनुमान ३.१ प्रतिशतमा पुर्‍याएको छ । सन् २०२३ को अक्टोबरमा गरिएको अनुमानभन्दा यो ०.२ प्रतिशत बढी हो ।

मध्यपूर्वको ढुवानी अवरोधबारे बोल्दै उनले जनवरीमा स्वेज नहरमा जाने कार्गो एक वर्ष अघिको तुलनामा ४३ प्रतिशतले घटेको बताइन् । यसले सम्बन्धित मुलुकको अर्थतन्त्रमा धक्का दिएको उनले बताइन् । उनले मौद्रिक नीतिमा निर्धारित समयभन्दा अगाडि तथा पछाडि हुन सक्ने जोखिमका साथै विस्तारित अवधिका लागि उच्च ब्याज दरहरू कायम राख्ने जोखिम उल्लेख गरिन् ।

आवश्यकभन्दा लामो समयसम्म ब्याज दरहरू राख्ने जोखिम अमेरिकी अर्थतन्त्रका लागि मात्र नभई विश्वव्यापी अर्थतन्त्रका लागि समेत जोखिम रहेको उनले बताइन् । जर्जिएवाले पछिल्लो समय उदीयमान अर्थतन्त्रहरूले मुद्रास्फीतिलाई लक्ष्यमा ल्याएको बताउँदै परिणामस्वरुप निर्धारित समय अगाबै कम ब्याज दरमा सर्ने र अमेरिकी दर उच्च रहेमा यसले विनिमय दरहरूलाई असर गरी अन्य देशलाई नकारात्मक प्रभाव छोड्नसक्ने उल्लेख गरिन् ।

चिनियाँ अर्थतन्त्रका बारेमा जर्जिएवाले सन् २०२३ मा अपेक्षाभन्दा माथि प्रदर्शन गरेको उल्लेख गरिन् । उनले घरजग्गा क्षेत्रको तनावलगायत चुनौतिहरूलाई निर्णायक रूपमा सम्बोधन गर्नु र स्थानीय सरकारको ऋण व्यवस्थापन गर्नु चीनको आर्थिक गति कायम राख्नका लागि महत्वपूर्ण रहेको बताइन् । सम्पत्ति क्षेत्रमा चिनियाँ सरकारले केही कदम चालेको बताउँदै जर्जिएवाले हरित अर्थतन्त्रप्रति चीनको प्रतिबद्धता खासगरी विद्युतीय सवारीजस्ता क्षेत्रहरूमा उल्लेखनीय रहेको बताइन् ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ४ : ४२ बजे

दार्चुलामा प्रहरी हवल्दार मृत भेटिए, दुई जना पक्राउ

 दार्चुला – दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत फेला परेका

प्रचण्डको दाबी : जितेकै ठाउँमा रास्वपा ओरालो लाग्दैछ, अब स्टन्ट र भ्रमले चल्दैन

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल

तामाकोशीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो

काठामडौं- काठमाडौंको कोटेश्वरबाट ओखलढुंगाका लागि छुटेको एउटा यात्रुवाहक बस मंगलबार

जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु

टोकियो- जापानमा लगातार तीन हप्ताको भारी हिमपातका कारण ४६ जनाको

दार्चुलामा प्रहरी हवल्दारको हत्या, होटलनजिकै भेटियो शव

दार्चुला– दार्चुलामा नेपाल प्रहरीका एकजना हवल्दारको हत्या भएको छ ।