प्रधानमन्त्री दाहालद्वारा उदयपुर सिमेन्ट उद्योगको अवलोकन « Khabarhub

प्रधानमन्त्री दाहालद्वारा उदयपुर सिमेन्ट उद्योगको अवलोकन


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गरेका छन् । उद्योग रहेको स्थान उदयपुरको जलजले पुगी उनले आज उद्योगको प्लान्टलगायत महत्वपूर्ण संरचनाको अवलोकन गरेका हुन् । 

प्रधानमन्त्री दाहाललाई महाप्रबन्धक खगेन्द्र बस्नेतलगायतका उच्चपदस्थ अधिकारीले उद्योगको समग्र अवस्थाबारे जानकारी गराएका थिए ।

सो क्रममा प्रधानमन्त्री दाहालले उद्योगलाई यही अवस्थामा नभई ‘अपग्रेड’ गरेर सञ्चालन गर्नुपर्ने बताए। आफूले उद्योगको समस्यालाई गम्भीर रुपमा लिएको उल्लेख गर्दै उनले उद्योगलाई दीर्घकालीनरूपमा सञ्चालन गर्न सरकार तयार रहेको बताए । अहिले उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन ।

उदयपुर सिमेन्टर नेपाल सरकारद्वारा सञ्चालित सिमेन्ट उद्योग हो । नेपाल र जापान सरकारको संयुक्त लगानीमा विसं २०४४ जेठ ३१ गते सो उद्योगको स्थापना भएको थियो । उक्त उद्योगले उत्पादन गरेको ‘गैँडा छाप’ ब्राण्डको सिमेन्ट नेपाली उपभोक्तामाझ लोकप्रिय छ ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ५ : १७ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट