जनप्रतिनिधिले प्रत्येक नागरिकलाई सेवा सुविधा पुर्‍याउनुपर्छ : मुख्यमन्त्री कार्की « Khabarhub

जनप्रतिनिधिले प्रत्येक नागरिकलाई सेवा सुविधा पुर्‍याउनुपर्छ : मुख्यमन्त्री कार्की


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बेलबारी– कोशी प्रदेश सरकारका मुख्यमन्त्री कार्कीले जनप्रतिनिधि आम नागरिकको सुख, दुःखमा साथ हुनुपर्ने बताएका छन् । विराटनगर-६ मा आयोजित निःशुल्क स्वास्थ्य शिविर समापनका क्रममा उनले प्रत्येक नागरिकलाई हरेक सेवा सुविधा जनप्रतिनिधिले पुर्‍याउनुपर्ने बताएका हुन् ।

‘नागरिकको स्वास्थ्य अवस्था कस्तो छ र त्यसमध्ये रोग देखिएकालाई अस्पतालसम्म पुर्याएर उपचार गराई स्वस्थ नागरिक बनाउने अभियान हो’, उनले भने। 

उनले प्रदेश सरकारले १० वर्षमुनिमा बालबालिकाको निःशुल्क उपचार र शैलजा आचार्य हृदयरोग केन्द्रमा उपचार सुरु गरिसकेको समेत उल्लेख गरे । आर्थिक अभावमा यस प्रदेशका कुनै नागरिकलाई मृत्यु हुन नदिने उनले प्रतिबद्धता जनाए  ।

विराटनगरमा देखिएको खानेपानीको समस्या समाधानका लागि रु पाँच अर्बको योजना सम्झौता भइसकेको र अब आगामी आर्थिक वर्षबाट प्रदेश सरकारले सर्वसाधारणलाई निःशुल्क  खानेपानी उपलब्ध गराउने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ६ : ४९ बजे

‘महँगीले जनताको चुल्हो निभिसक्दा सरकार मुकदर्शक बन्यो’

काठमाडौं- नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले विपद्को आडमा अत्यधिक महँगी

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

काठमाडौं– नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल

रोनाल्डो फेरि निराश : अल-ऐनसँग ४ गोलको फराकिलो अन्तरले हार्‍यो अल-नासर

काठमाडौं- क्रिस्टियानो रोनाल्डोसमेत मैदानमा उत्रिँदापनि अल–नासर एएफसी च्याम्पियन्स लिग एलिटमा

अर्बाउदीका घर-घरमा शुद्ध खानेपानीका धारा

बागलुङ– खानेपानीको चरम अभाव रहेको बागलुङको अर्बाउदी गाउँका ३६ घरमा

अव्यवस्थित पार्किङ र साँघुरो सडकले मैनापोखरीमा बढ्यो दुर्घटनाको जोखिम

दोलखा– दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका–५ स्थित मैनापोखरी बजारमा साँघुरो सडक