सचेतनामूलक कार्यक्रम गरी मनाइयो क्यान्सर दिवस | Khabarhub Khabarhub

सचेतनामूलक कार्यक्रम गरी मनाइयो क्यान्सर दिवस


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व क्यान्सर दिवस क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइएको छ ।

‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइएको हो ।

दिवसका अवसरमा स्वास्थ्य सेवा विभाग, इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौंमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले क्यान्सर रोगलाई न्यूनीकरण गर्न सरोकारवाला सबै निकायले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार सन् २०२२ मा करिब एक करोड व्यक्तिको मृत्यु अर्बुद रोगका कारण भएको छ ।

डब्लुएचओका अनुसार अर्बुद रोगबाट हुने मृत्युमध्ये पनि करिब एक तिहाइ सुर्तीजन्य पदार्थको प्रयोग, मोटोपन, मदिरा सेवन, फलफूल तथा तरकारीको कम सेवन र शारीरिक क्रियाकलापको अभ्यास कमीका कारण हुने गरेको छ ।

नेपालमा अर्बुद रोगका बिरामीको यकिन तथ्याङ्क नभए पनि नेपालमा पाठेघरको मुख, स्तन र फोक्सोमा हुने अर्बुदका कारण धेरै महिलाको मृत्यु हुने गरेको चिकित्सकहरूले जनाएका छन् ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  २ : ५३ बजे

शेयर बजारमा १४ अंकको वृद्धि, कारोबार पनि बढ्यो 

काठमाडौं– मंगलबार शेयर बजार बढेको छ । आज नेपाल स्टक

कैलालीमा तीन लाख २४ हजार मेट्रिकटन धान उत्पादन

अत्तरिया – कैलालीमा यस वर्ष तीन लाख २४ हजार आठ

जलविद्युत क्षेत्रको विकासमा निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड

काठमाडौं – सांसदहरूले नेपालको जलविद्युत क्षेत्रको विकासमा निजी क्षेत्रको योगदान

इतिहास रच्दै ‘पुष्पा–२’, व्यापार १५ सय करोड नाघ्यो

काठमाडौं- तेलगु नायक अल्लु अर्जुनको केन्द्रीय भूमिका रहेको फिल्म ‘पुष्पा–२’ले

चीनबाट एक खर्ब २४ अर्बका मालसामान आयात

रसुवा – नेपालको उत्तरी नाका रसुवागढीबाट चालु आवको साउनदेखि मङ्सिर