पोखराबाट १२ जना जुवाडे पक्राउ « Khabarhub

पोखराबाट १२ जना जुवाडे पक्राउ


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरा महानगरपालिका-११ धरहरा मार्ग बस्ने ४८ वर्षीय किसान पुनको सोही ठाउँस्थित खाजा घरमा जुवा (लुडो) खेलिरहेको अवस्थामा पुन समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार २ सय २५ रुपैयाँ, खेलमा प्रयोग हुने गोटी १६ वटा र डाईस १ वटासहित पक्राउ गरेको हो ।

यसैगरी कास्की, पोखरा महानगरपालिका-१२ प्रगति टोल डेरा गरी बस्ने तनहुँ भानु नगरपालिका-८ तुरतुरे घर भएका ६६ वर्षीय नर बहादुर गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरुङ समेत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार ४ सय ३५ रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ४ : ५८ बजे

युक्रेनमा रुसी ड्रोन आक्रमण : १२ जनाको मृत्यु, २१ घाइते

किएभ- रूसले युक्रेनको राजधानी किएभ तथा आसपासका क्षेत्रमा गरेको ड्रोन र

बाढीपीडितका लागि एमएडब्ल्यू ग्रुपको १ करोड ११ लाख सहयोग

काठमाडौं– रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवन लगायत देशका

भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडक सञ्चालनको तयारी

हेटौँडा– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा–काठमाडौँ जोड्ने

रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा

ख्वप– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि भक्तपुरका हराइरहेकामध्ये छ जना

एमालेले प्रत्येक सांसदको १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने  

काठमाडौं– नेकपा एमालेले उद्धार तथा राहत कार्यको स्थलगत अनुगमन, सूक्ष्म