आँखा झिम्काएकै भरमा जूम हुने रोबोटिक कन्ट्याक्ट लेन्स « Khabarhub

आँखा झिम्काएकै भरमा जूम हुने रोबोटिक कन्ट्याक्ट लेन्स


१८ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– वैज्ञानिकहरुले आँखामा लगाउन मिल्ने यस्तो विशेष लेन्सको विकास गरेका छन्, जसले आँखाको चालमा टाढा वा नजिकको वस्तु स्पष्ट देखाउने छ ।

झिम्काउँदा तथा दायाँ, बायाँ आँखा नच्चाएकै भरमा उक्त लेन्सले आँखामा दृष्य हेर्न सक्ने विशेष क्षमता प्रदान गर्ने छ । यो क्षमता क्यालिफोर्निया विश्वविद्यालका अनुसन्धानकर्ताहरुले विकास गरेको रोबोटिक सफ्ट कन्ट्याक्ट लेन्सले प्रदान गर्ने दावी गरिएको छ ।

यो लेन्स प्रयोगमा आएपछि दृष्टि कमजोर हुने व्यक्तिलाई उपयोगी हुने अनुसन्धानकर्ताहरुले बताएका छन् । लेन्स चस्माको विकल्प हुने उनीहरुको दावी छ । हालसम्म अनुसन्धानकर्ताले लेन्सको प्रोटोटाइप मात्र तयार पारेका छन् ।

अनुसन्धानकर्ताका अनुसार उक्त लेन्स प्रयोगमा ल्याउनुपूर्व कयैन प्रयोग गर्न बाँकी छ ।

अनुसन्धानदाताका अनुसार टाढा वा नजिकको वस्तु हेर्नको लागि आखाँको चाल बदल्नुपर्छ । हेर्दा सामान्य लेन्सजस्तै देखिने यो लेन्समा जैविक तन्तुको स्थानमा इलेक्ट्रो–एक्टिव पोलिमर फिल्मको प्रयोग गरिएको छ ।

यसमा खास प्रकारको तारको प्रयोग गरिएको छ जसले सिग्नल उत्पन्न गर्छ । यसले लेन्सलाई फैलाउन र खुम्चाउन सहयोग गर्छ ।

यस लेन्स प्रयोग गर्नको लागि दुई पटक आँखा झिम्काउदा टाढाको र पुनः दुई पटक आँखा झिम्काउँदा, नजिकको चीज स्पष्ट देखिन्छ ।

मानिस र जनावरले जसरी नजिक वा टाढाको वस्तु देख्छ बायोमिट्रिक लेन्सलाई त्यसरी नै तयार गरिएको हो । यो लेन्सको प्रयोग भविष्यमा बन्ने रोबोटका आँखा बनाउन पनि प्रयोग गर्न सकिन्छ ।

सन् २०१४ मा गूगलले पनि स्मार्ट कन्ट्याक्ट लेन्सको काम सुरु गरेको थियो । त्यस लेन्सले मुधुमेहका रोगीको आँशुबाट नै ग्लूकोजको स्तर जाँच लिने हिसाबले बनाइएको थियो । तर उक्त परियोजना सन् २०१८ मा रोकियो ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  ६ : १५ बजे

रौतहटको ज्योति डिस्टिलरीमा विस्फोट हुँदा एक जनाको मृत्यु, ६ कामदार घाइते

काठमाडौं – रौतहटमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ

सिराहा र धनुषा जोड्ने कमला पुल चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडौं – ठेक्का सम्झौता भएको १४ वर्ष बित्दासमेत निर्माण हुन

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं – प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि

रवि-बालेन मिल्न लाग्दा प्रदीप ज्ञवालीको टिप्पणीः विचार मिलेको कि स्वार्थ ?

काठमाडौं – नेकपा (एमाले)का निर्वतमान उपमहासचिव प्रदीप ज्ञवालीले रवि लामिछाने

प्याङ्क्रियाजको सास्ती : न उठी सुख, न बसी सुख

गत मंसिरमा विवाह गरेर घरमा भित्र्याउन नपाउँदै एउटी युवतीको मृत्यु