आँखाका बिरामीको निःशुल्क उपचार गर्दै कटारी नगरपालिका « Khabarhub

आँखाका बिरामीको निःशुल्क उपचार गर्दै कटारी नगरपालिका


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

कटारी – उदयपुरको कटारी नगरपालिकाका ४ सय ५० जनाको निःशुल्क आँखा जाँच गरिएको छ । कटारी नगरपालिकाको सहयोगमा साथी समूह कटारीले दुइदिने निःशुल्क आँखा शिविर उनीहरुको निःशुल्क आँखा जाँच गराएको हो ।

समूहका अध्यक्ष विजयअधिकारीका अनुसार शिविरमा आएका ६१ जनामा मोतिविन्दु तथा आँखामा मासु पलाएकाले शल्यक्रिया गर्नुपर्ने भएको छ । इटहरिस्थित नवदृष्टि आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिनेछ ।

स्वास्थ्य शिविरमा अस्पतालले नै निःशुल्क उपचारको व्यवस्था गरेको थियो । “आज २५ जनालाई उपचारका लागि हस्पिटल पठाएका छौँ” समूहका सचिव राजकुमार थापा क्षेत्रीले भने ,“अन्यलाई पनि पालैपालो निःशुल्क शल्यक्रियाका लागि लैजाने छौँ ।”

नगरपालिकाका उपप्रमुख गीता खड्काले नगरका आँखाका बिरामीहरुलाई निःशुल्क उपचारको व्यवस्था गरिएको बताए ।

शिविरमा परीक्षण गरिएका बिरामीहरुलाई निःशुल्क औषधि तथा चस्माको पनि व्यवस्था गरिएको छ । आर्थिक अभावका कारण आँखाको उपचार गराउन असमर्थहरुलाई उपचार, औषधि र चस्माको व्यवस्था गरिएको उपप्रमुख खड्काले बताए ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ८ : ०९ बजे

वैज्ञानिकको सक्रियताले कृषि क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास छ : मन्त्री चौधरी

पाटन– कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान

आन्तरिक विद्युत खपत बढाउन नीतिगत सुधारको तयारी, पूर्वी एसियासम्म निर्यात गर्ने लक्ष्य : ऊर्जामन्त्री

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युतको आन्तरिक खपत

दुई विधेयक दफावार छलफलका लागि स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले आज ‘पर्यटन विधेयक २०८२’ र ‘नेपाल राष्ट्र

जलजलाका १४९ सुत्केरीलाई घ्यू र अण्डा वितरण

पर्वत– जलजला गाउँपालिकाले चालु आर्थिक वर्षमा मल्लाज, लेकफाँट र शालिजाका

असार नसकिँदै रित्तियो आँप

महोत्तरी- मध्य जेठदेखि भदौ मसान्तसम्म आँप पाक्ने सिजन हो ।