डडेल्धुरामा अटो दुर्घटना, दुई जना घाइते « Khabarhub

डडेल्धुरामा अटो दुर्घटना, दुई जना घाइते


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा – डडेलधुरामा अटो रिक्सा दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। अमरगढी नगरपालिका–८ कुकुल्लेकमा आइतबार बेलुकी साढे ५ बजेतिर सुपप्र ६०६४ नम्बरको अटो रिक्सा दुर्घटना हुँदा दुई जना घाइते भएका हुन्।

जिल्ला सदरमुकामबाट पोखरा गइरहेको अटो दुर्घटना हुँदा प्रहरी चौकी पोखरामा कार्यरत प्रहरी जवान धर्मराज खत्री र १७ वर्षीया सिर्जना साँकी घाइते भएका छन्। घाइतेको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ।

अटोमा चालकसहित ६ जना सवार थिए। अन्य चार जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक नायकले बताए। उनका अनुसार पानी परिरहेका बेला तीव्र गतिमा रहेको अटो अनियन्त्रित भई दुर्घटना भएको हो।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ८ : ४९ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)