तीन स्टारले अस्वीकार गरेको फिल्मबाट उदाएका अमिताभ « Khabarhub

तीन स्टारले अस्वीकार गरेको फिल्मबाट उदाएका अमिताभ


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अक्सर खलनायकहरू आफूलाई अभिनयमा स्थापित गराउन एउटा सुपरहिट फिल्मको खोजीमा हुन्छन् । कहिलै फिल्म हिट भएर स्टार बन्ने मौका कमै नायकको भाग्यमा हुन्छ ।

एक नायकले अस्वीकार गरेको फिल्मबाट चर्चा कमाउने धेरै नायक छन् । बलिउडको इतिहासमा यस्तो घटना पनि छ– जुन तीन नायकले अस्वीकार गरेको फिल्म गरेर एक नवनायकले स्टार हुने मौका पाए । सो फिल्म हो– सन् १९७३ मा प्रदर्शनमा आएको ‘जंजिर’ ।

यो त्यो समयको कुरा हो जुन बेला राजेश खन्ना ‘रोमान्टिक सुपरस्टार’ र दीलिप कुमार ‘ट्रयाजिटी किंग’ परिचयमा ठूलो पर्दामा राज गरिरहेका थिए । ६ दशमलब दुई फिट उचाइ भएका युवा अमिताभ बच्चन स्टार बन्ने सपनाका साथ सहायक भूमिकामा पर्दामा देखिन्थे ।

फिल्म ‘जंजिर’ सलिम जावेदले लेखेका थिए । जी न्युजका अनुसार यो फिल्म धर्मेन्द्र, देव आनन्द र राज कुमारले अस्वीकार गरेर अमिताभले पाएका हुन् । उनीहरुले स्क्रिप्ट चित्त नबुजेका कारण अस्वीकार गरेका थिए ।

तीन स्टारले अस्वीकार गरेपछि सलिमले अमिताभलाई सम्झेका हुन् । त्यस समय आधा दर्जनभन्दा बढी फिल्म खेले पनि अमिताभ पहिलो हिट फिल्मको पर्खाइमा थिए । अमिताभले ‘बम्बई टू गोवा’ मा गरेको अभिनय देखेर सलिम प्रभावित भएका थिए । तर स्टार बनिसकेका कारण उनी फिल्मका लागि पहिलो रोजाइमा परेका थिएनन् ।

सलिमले केही अघि एक कार्यक्रममा खुलासा गरेअनुसार तीन स्टारलाई मात्र होइन, बलिउडका धेरै मानिसले सो फिल्म फ्लप हुने शंका गरेका थिए । उनले थप भनेका थिए, ‘अमिताभ अग्लो भएका कारण मजाकसमेत बनाएका थिए । उनीहरुले अग्लो हिरो भएका कारण फिल्म चल्दैन भनेर दाबी पनि गरेका थिए ।’

तर निर्देशक प्रकाश मेहरा अमिताभलाई नै फिल्ममा लिने निर्णयबाट पछि हटेनन् । उनले अमिताभलाई मुख्य भूमिकामा लिएर फिल्म निर्माण गरे र सन् १९७३ मे ११ मा प्रदर्शनमा ल्याए । जुन फिल्म सुपरहिट बन्यो ।

यही फिल्म अमिताभको करिअरकै पहिलो हिट फिल्म बन्यो । फिल्म हिट बनेपछि उनी उदाउँदो स्टार बने र फिल्मको पात्रका कारण उनले ‘एंग्री योङ म्यान’ उपनाम पाए ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ६ : ४३ बजे

आज २०८३ साल असार २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २७ गते शनिबार सन् २०२६

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ