आगलागीमा परी मुगुमा दाजु-बहिनीको मृत्यु « Khabarhub

आगलागीमा परी मुगुमा दाजु-बहिनीको मृत्यु


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– मुगुमा आगलागी हुँदा एउटै घरका दुई दाजु-बहिनीको ज्यान गएको छ। खत्याड गाउँपालिका–२ गाडेखोलामा आइतबार राति १ बजे आगलागी हुँदा दुई बालबालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी वीरेन्द्र थापाले बताए।

लालु सञ्ज्यालको घरमा आगलागी हुँदा सञ्ज्यालका १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको हो।

शव पहिचान गर्न नसकिएपछि डाक्टरलाई नै बोलाएर शवको पहिचान गरी परिवारलाई दाहसंस्कारका लागि बुझाइएको प्रहरीले जनाएको छ। लालु सञ्ज्यालको घरमा उनकी श्रीमती र दुई छोराछोरी बस्दै आएका थिए। लालु कामका लागि भारत छन्।

लालुकी श्रीमतीले ताप्नका लागि बालेको आगो राति निभाउन भुल्दा आगो लागेको प्रहरीको प्रारम्भिक अनुमान छ। उनको गोठभित्र रहेका चौपाया पनि आगलागीमा परी मरेका छन्।

घटनाको मुचुल्का गर्ने काम भइरहेको र क्षतिको यकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ६ : १४ बजे

टप एन्ड टी प्रतियोगिताका लागि नेपाल ‘ए’ क्रिकेट टिमको बिदाइ

काठमाडौं– अस्ट्रेलियाको डार्विनमा हुने टप एन्ड टी प्रतियोगिताका लागि नेपाल ‘ए’

सरकार धार्मिक एवं प्राकृतिक सम्पदा संरक्षणमा प्रतिबद्ध छ : मन्त्री पौडेल

महोत्तरी– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सरकार धार्मिक

सरकारसँग सुस्मिताको गुहार : मेरो नागरिकता फिर्ता दिएर गरिखान देऊ

उर्लाबारी, मोरङ – ‘मेरो आफ्नै सक्कली नागरिकता हातमा भइदिएको भए

सरकार र लघुवित्त पीडितबीच सातबुँदे सहमति, काठमाडौं केन्द्रित आन्दोलन स्थगित

काठमाडौं– सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन

तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवाहरूलाई आग्रह

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा