नेपाली स्याटेलाइटको पहिलो सफलता, अन्तरिक्षबाट पठायो चार तस्वीर | Khabarhub Khabarhub

नेपाली स्याटेलाइटको पहिलो सफलता, अन्तरिक्षबाट पठायो चार तस्वीर


१८ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको पहिलो स्याटेलाइटले खिचेका तस्विरहरु पहिलो पटक सार्वजनिक गरिएको छ । गत बैशाख ५ गते बिहान अमेरिकाबाट अन्तरिक्षमा पठाइएको नानो स्याटेलाइटले खिचेका चार तस्विर शनिबार सार्वजनिक गरिएको हो ।

बर्ड्स थ्री स्याटलाइट प्रोजेक्टले सार्वजनिक गरेका तस्वीरमध्ये दुईमा श्रीलंकाली भूभाग देखिन्छ । एउटा जापानमाथि बादल लागेको भूभागको छ भने र अर्को सूर्य रहेको छ ।

जापानमाथिको आकाशमा देखिएको बादलको तस्विर

यी तस्वीरहरु क्युटेक (क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी) र श्रीलंका रहेको ग्राउन्ड स्टेसनको प्रयोग गरेर खचिएको हो । नानो स्याटेलाइटमा रहेका क्यामेराले काम गर्छ कि गर्दैन भनेर परीक्षणका लागि शुरुमा सूर्यको तस्विर खिचेको बर्ड्स थ्री परियोजनाका प्रमुख आभास मास्केले जानकारी दिए ।

नेपालमा ग्राउन्ड स्टेसन बनेपछि नेपालको भूभागको तस्वीर खिच्ने उनले बताए । शनिबार सार्वजनिक गरिएका तस्विरहरु केही समयअघि लिइएको मास्केले जानकारी दिए । जापानका विभिन्न निकायको अनुमतिपछि यी तस्विरहरु सार्वजनिक गरिएको हो ।

उनले भने, ‘नेपालमा ग्राउन्ड स्टेसन बनेपछि यतैबाट अपलिंक गरेर फोटो खिच्ने र डाउन लिंक गर्ने योजना छ । त्यो पनि सार्वजनिक गर्ने छौं ।’
नेपाली नानो भूउपग्रहका सबै परीक्षणहरु पूरा गरी अहिले तस्वीर खिच्ने काम भइरहेको हो । उक्त भूउपग्रहमा पाँच मेगा पिक्सेलको क्यामेरा जडान गरिएको छ ।

 

श्रीलंकाको दक्षिणी भेगमाथिबाट खिचिएको तस्विर

मास्के जापानको क्युटेकमा स्पेश टेक्नोलोजीको विषयमा विद्यावारिधी गर्दैछन् । यो प्रोजेक्टमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का तर्फबाट प्राविधिक हरिराम श्रेष्ठ सहभागी रहेका छन् ।

जापानले आफ्नो अन्तरिक्ष कार्यक्रम नभएका नेपालजस्ता देशका लक्षित गर्दै बड्र्स कार्यक्रम सञ्चालन गर्दै आएको छ । क्युटेकबाट नेपालसँगै श्रीलंकाले रावण वान र जापानले युगुइसी नामको नानो स्याटलाइट अन्तरिक्ष पठाइएको छ ।

नेपाली स्याट वानले परीक्षणका लागि पहिलो पटक खिचेको सूर्यको तस्विर

नेपाली स्याट वान १० सेन्टिमिटर लामो, १० सेन्टिमिटर चौडा र १० सेन्टिमिटर अग्लो भूउपग्रह मानिसका हातमा अटाउँछ । यो १ किलो ३३० ग्रामको छ ।

प्रत्येक ९० मिनेटमा पृथ्वीको एक चक्कर लगाउने यो नानो भूउपग्रहले दैनिक १६ पटक पृथ्वीको परिक्रमा गर्दै आएको छ । त्योमध्ये दैनिक चार पटक नेपालको आकाशमा आइपुग्छ ।

मास्केले जापानी समयअनुसार राति ९ बजे जापानी आकाशमा आइपुग्ने बताए । प्रत्येक पटक आकाशमा आइपुग्दा ग्राउन्ड स्टेसन र स्याटलाइटबीच दस मिनेट मात्रै सम्पर्क हुनेगर्छ ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  ८ : ०६ बजे

गाजामा इजरायली आक्रमण ‘असहनीय’ : रेडक्रस

जेनेभा – गाजामा इजरायलले गाजा शहरमाथि विजय हासिल गर्ने र

सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै नेपाललाई समृद्ध बनाउन

रास्वपा र उपसभामुख रानामाथि योगेशका प्रश्नै प्रश्न

काठमाडौं – सत्तारूढ एमालेका सांसद योगेश भट्टराईले उपसभामुख इन्दिरा रानामगर

पर्सामा धान उत्पादन २० प्रतिशतले घट्ने अनुमान

पर्सा – पर्सामा सुक्खाग्रस्त समस्याको कारणले यस वर्ष धान उत्पादनमा

लिपुलेकमा भारत-चीन मिलेपछि नेपालका सत्ता र प्रतिपक्ष पनि एकमुख 

काठमाडौं– संघीय संसद्का प्रमुख राजनीतिक दलहरू नेपाली भूमि लिपुलेकलाई भारत