पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बुढाथोकीको निधन « Khabarhub

पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बुढाथोकीको निधन


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

झापा– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएको छ ।

कांग्रेस झापाका सचिव कृष्ण हुमागाईँका अनुसार लामो समयदेखि ‘प्रोस्टेट क्यान्सर’को उपचार गराइरहेका उनको गतराति  विराटनगरको विराट मेडिकल कलेजमा उपचारकै क्रममा  निधन भएको हो ।

बुढाथोकीको पार्थिव शरीर झापास्थित निवास शनिश्चरे लगिएको छ । १२ बजेपछि जिल्ला पार्टी कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने तय भएको छ ।

त्यसपछि शवयात्रासहित कनकाई नदीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

अर्जुनधारा नगरपालिका–८ निवासी बुढाथोकी कांग्रेस पार्टीमा जुझारु, जनपक्षीय र साझा नेताका रूपमा परिचित थिए । तत्कालीन पञ्चायतकालमै विसं २०४३ मा जनपक्षीय उम्मेदवार बनेर उनी राष्ट्रिय पञ्चायतको सदस्य निर्वाचित भएका थिए।  यसपछि उनी जलस्रोत राज्यमन्त्री बनेका थिए ।

उनी विसं २०६४ मा कांग्रेसका तर्फबाट झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए भने २०७० सालमा संविधानसभा सदस्य निर्वाचित भएका थिए ।

नेपाली कांग्रेसको सरकार गठन हुँदा उनी सामान्य प्रशासनमन्त्री नियुक्त भएका थिए । तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाह र भुटानका तत्कालीन राजा जिग्मे सिग्मे वाङचुकसँगै दार्जिलिङको सेन्ट जोसेफ कलेजमा अध्ययन गरेका नेता बुढाथोकी पाँच दशकदेखि राजनीतिमा सक्रिय थिए ।

विसं २०२४ मा विद्यार्थी आन्दोलनमार्फत राजनीतिमा प्रवेश गरेका उनी पञ्चायतविरुद्धको आन्दोलनका क्रममा नौ महिना जेल पनि परेका थिए ।

 

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ९ : २५ बजे

पोखराको लेखनाथ सडकखण्डको नयाँ स्वरुप (तस्बिर)

पोखरा– पृथ्वीराजमार्गअन्तर्गत पोखराको लेखनाथ सडकखण्ड विस्तारसँगै नयाँ स्वरूपमा देखिन थालेको

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह

काठमाडौँ– निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न सम्बन्धित

स्वास्थ्य सचेतनासँगै निःशुल्क परीक्षण शिविर

झापा– झापाको अर्जुनधारामा स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रमसँगै स्थानीयवासीलाई लक्षित गरी निःशुल्क

प्रधानमन्त्री शाह र भारतीय सेनाध्यक्ष सेठबीच आज भेटवार्ता हुँदै

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल भ्रमणमा रहेका भारतीय

सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिका– ८ स्थित वीरेठाँटी–घान्द्रुक सडकखण्डको पुनर्निर्माण आजदेखि