पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बुढाथोकीको निधन | Khabarhub Khabarhub

पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बुढाथोकीको निधन


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

झापा– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएको छ ।

कांग्रेस झापाका सचिव कृष्ण हुमागाईँका अनुसार लामो समयदेखि ‘प्रोस्टेट क्यान्सर’को उपचार गराइरहेका उनको गतराति  विराटनगरको विराट मेडिकल कलेजमा उपचारकै क्रममा  निधन भएको हो ।

बुढाथोकीको पार्थिव शरीर झापास्थित निवास शनिश्चरे लगिएको छ । १२ बजेपछि जिल्ला पार्टी कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने तय भएको छ ।

त्यसपछि शवयात्रासहित कनकाई नदीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

अर्जुनधारा नगरपालिका–८ निवासी बुढाथोकी कांग्रेस पार्टीमा जुझारु, जनपक्षीय र साझा नेताका रूपमा परिचित थिए । तत्कालीन पञ्चायतकालमै विसं २०४३ मा जनपक्षीय उम्मेदवार बनेर उनी राष्ट्रिय पञ्चायतको सदस्य निर्वाचित भएका थिए।  यसपछि उनी जलस्रोत राज्यमन्त्री बनेका थिए ।

उनी विसं २०६४ मा कांग्रेसका तर्फबाट झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए भने २०७० सालमा संविधानसभा सदस्य निर्वाचित भएका थिए ।

नेपाली कांग्रेसको सरकार गठन हुँदा उनी सामान्य प्रशासनमन्त्री नियुक्त भएका थिए । तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाह र भुटानका तत्कालीन राजा जिग्मे सिग्मे वाङचुकसँगै दार्जिलिङको सेन्ट जोसेफ कलेजमा अध्ययन गरेका नेता बुढाथोकी पाँच दशकदेखि राजनीतिमा सक्रिय थिए ।

विसं २०२४ मा विद्यार्थी आन्दोलनमार्फत राजनीतिमा प्रवेश गरेका उनी पञ्चायतविरुद्धको आन्दोलनका क्रममा नौ महिना जेल पनि परेका थिए ।

 

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ९ : २५ बजे

बाटो काट्दाको संकट ः १२ सेकेण्डको हरियो बत्तीमा कसरी ज्यान जोगाउने ?

काठमाडौं– बाटो काट्न जेब्रा क्रसिङमा पाइला राखेर तपाईँ फेरि ब्याक

बुधबार नेप्से साढे १५ अंकले घट्यो, कारोबार कति ? 

काठमाडौं– बुधबार पनि शेयर बजार घटेको छ । बुधबार नेपाल

एमालेको दोस्रो विधान महाधिवेशन : सबै तयारी पूरा, अध्यक्ष ओलीले उद्घाटन गर्ने

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन आगामी भदौ

धुलिखेल मालपोतका खरिदार ज्ञानेन्द्र भण्डारी दुई लाख रुपैयाँ घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौँ – मालपोत कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारी

कोशी प्रदेशको अधिकांश जिल्लामा फैलियो ‘लम्पी स्किन’

काठमाडौं– कोशी प्रदेशको थप एक जिल्लामा गाईभैंसीमा लाग्ने लम्पि स्किन