भिजिट भिसा प्रकरण : चारजनालाई थुनामा पठाउने आदेश « Khabarhub

भिजिट भिसा प्रकरण : चारजनालाई थुनामा पठाउने आदेश


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । जिल्ला अदालत काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भिजिट भिसामा नेपालीलाई विभिन्न देशमा पठाएको आरोपमा अध्यागमन अधिकृतसहित चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश कपिलमणि गौतमको एकल इजलासले आज अधिकृत नरवीर खड्का, अरुण दाहाल, सरोजकुमार यादव र मनोज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । उक्त प्रकरणमा अन्य ६ जनासँग अदालतले धरौटी माग गरेको छ ।

उक्त प्रकरणमा पक्राउ परेकी गीता शाहसँग रु पाँच लाख, पदम लामासँग रु एक लाख, विनोद कार्कीसँग रु दुई लाख तथा दिनेश ज्ञवाली र रामप्रसाद भण्डारीसँग रु सात÷सात लाख र रविन अर्यालसँग रु एक लाख धरौटी माग गर्ने आदेश दिएको छ ।

भिजिट भिसामा युवालाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा नौ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध यही माघ १८ गते सरकारी कागजात किर्ते गरी सङ्गठित अपराध गरेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले फरार रहेका १२ जनासहित २२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

अध्यागमन अधिकृत खड्कालाई गत मङ्सिर १८ गते सरकारी कागजात कीर्ते गरी नेपाली नागरिकलाई भिजिट भिसामार्फत विदेश पठाउने गिरोहमा सक्रिय रहेको आरोपमा पक्राउ गरिएको थियो ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  १० : ४६ बजे

संयुक्त सैन्य अभ्यासका लागि भारतीय सैनिक टोली नेपालमा

काठमाडौं – नेपाल र भारतकाबीच हुँदै आएको संयुक्त सैन्य अभ्यास

कात्तिक शुक्ल चतुर्दशीका अवसरमा बौडेश्वर मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौं – कात्तिक शुक्ल चर्तुदशीका अर्थात् बैकुण्ठ चर्तुदशीका अवसरमा काठमाडौँको

नेपालमै विकसित सेल ब्रडकास्ट प्रणालीको प्रारम्भिक परीक्षण सफल

काठमाडौं – विपदको जोखिममा रहेका क्षेत्रका नागरिकलाई मोबाइल फोनमार्फत समयमै

आजका समाचार : भारतमा विभिन्न सम्झौता गरी प्रधानमन्त्री स्वदेश फिर्ता, सर्वोच्चले थप्यो आईजीपी केसीको म्याद र यमनमा साउदी हमला

भैरहवा हवाई रुटलाई द्वितर्फी बनाउन नेपाल-भारत सहमतप्रधानमन्त्री वालेन्द्र शाहको भारत

चिकित्सा शिक्षा सुधारका लागि सरकारको पहल, डा. केसीसँगका सम्झौता कार्यान्वयनमा जोड

काठमाडौं – सरकारले चिकित्सा शिक्षा क्षेत्रको सुधार र विगतमा भएका