काठमाडौँ– परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज अस्ट्रेलिया जाँदैछन् । अस्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनले संयुक्त रूपमा आयोजना गर्न लागेको सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन मन्त्री साउद अष्ट्रेलिया जान लागेका हुन् ।
सम्मेलन माघ २६ र २७ गते अष्ट्र्र्रेलियाको पर्थमा हुँदैछ । यही माघ २७ गते ‘स्थिर र र दिगो हिन्द महासागरतर्फ’ विषयमा मन्त्री साउदले नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सो क्रममा अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । मन्त्री साउद फागुन ३ गते स्वदेश फर्कनेछन् ।
प्रतिक्रिया