बनवास जानुअघि वन मास्ने होड | Khabarhub Khabarhub

बनवास जानुअघि वन मास्ने होड



भारतको गुजरातका एक वकिल अदालतमा बहस गरिरहेका थिए। त्यही समय गाउँमा रहेकी पत्नी सिकिस्त बिरामी रहेको खबर आयो। स्याहारसुसारका लागि गाउँ गए। केही समयपछि उनले लडिरहेको एउटा मुद्दाको बहस गर्ने समय आयो। एकातिर सिकिस्त पत्नी अर्कोतिर एउटा निर्दोष व्यक्तिलाई बिनाकारण सजाय हुनबाट जोगाउनु पर्ने थियो। विचरा वकिल के गर्ने, के नगर्ने कुनै निर्णय लिन सकिरहेका थिएनन्।

पतिको बेचैनी राम्ररी बुझेकी पत्नीले भनिन- ‘मेरो चिन्ता नलिनुस्। छिटै सहर गएर बहस थाल्नुस्। कुनै निर्दोष मान्छेलाई बिना कसुर सजाय भयो भने त्यो अपराधको भागी हामी दुवै हुनेछौं।’

पत्नीको सल्लाह मानेर सहर पुगेर बहसमा भाग लिए। अदालतमा बहस चलिरहेको बेला उनलाई कसैले चिट्ठी दियो। खर्रर्र चिट्ठी पढेर खल्तीमा राखे। अनि फेरि बहस थाले। उनको पक्षमा फैसला भयो। एउटा निर्दोष व्यक्तिलाई बिना कसुर सजाय हुनबाट जोगाएको खुसीमा अदालतको माहोल अर्कै थियो। सहकर्मी वकिलले बधाई दिए। एउटा साथीले बहस गर्दागर्दै पाएको चिट्ठीको विषयमा जिज्ञासा राखे। उनले खल्तीबाट निकालेर त्यो पत्र पढ्न दिए। चिट्ठी हेरेका साथीको आँखामा उदासी, सहानुभूति र आँसुका थोपा थिए। त्यो चिट्ठी वकिल पत्नीको मृत्यु खबर बोकेर आएको थियो।

साथीहरुले हैरान हुँदै प्रश्न गरे- ‘किन त्यस्तो सिकिस्त बिरामी पत्नी छोडेर बहस गर्न आएको ?’ जवाफमा भने- ‘म उनैको आग्रहमा आएको हुँ। उनलाई थाहा छ- ‘कुनै निर्दोष बचाउनुभन्दा ठूलो कुनै धर्म छैन।’ तिनी थिए- भारतका सुप्रसिद्ध वकिल सरदार बल्लभ भाई पटेल। यही कर्तव्य र निष्ठाका कारण भारतमा ‘लौह पुरुष’ उपमाले प्रसिद्धि पाएका छन्।

प्रकृतिको सरल व्याकरणभित्र नेपाली मनोदशा विचित्र खालको छ। जुनसुकै शासक आए पनि उसका दुखान्त कथा पढ्नु नयाँ पुस्ताको नियति बन्दै आएको छ। हुँदा हुँदा राजामहाराजादेखि अस्तिसम्म लोकलाई तिरीमिरी पार्ने शासक बनेका पारस शाहसमेत इतिहासको एउटा दुखिया पात्र बन्ने सुनिश्चित छ।

रेशम किराले समेत मानिसको आङ ढाकिदिएर अमर हुने काम गर्छ। कमिलाले मेहनत सिकाउँछ। कुकुरले स्वामीभक्तिमा कदाचित गद्दारी गर्दैन। शक्तिशाली भएको दम्भमा बाघले हप्ता त के भोलिका निम्ति पनि आहारा सञ्चय गरेको थाहा छैन्। निरीह प्राणी भ्यागुतो, मृगपछि नै प्रकृतिले सर्प र बाघ सृष्टि गरेकोमा सन्देह छैन। प्रकृतिको सरल व्याकरणभित्र नेपाली मनोदशा विचित्र खालको छ। जुनसुकै शासक आए पनि उसका दुखान्त कथा पढ्नु नयाँ पुस्ताको नियति बन्दै आएको छ। हुँदा हुँदा राजामहाराजादेखि अस्तिसम्म लोकलाई तिरीमिरी पार्ने शासक बनेका पारस शाहसमेत इतिहासको एउटा दुखिया पात्र बन्ने सुनिश्चित छ।

हामी नेपालीको जीन आँसुमा डुब्न शोख मान्ने हो कि जस्तो भइसक्यो। सधैं एक्लो दु:खमा रमाउने पुस्तौनी विशेषता बन्दै गयो। बटुवाले एक गिलास खानेपानी माग्दा ‘छोरीको पेवा’ भनेर दिन इन्कार गर्ने गाउँमा आज घरघर पानी पुगेको छ। दिनभर लगाएर एक गाग्री पानी ल्याउन खटिने सयौंको त्यो जनशक्ति मिलेर ६ महिना मेहनत गरिरिदिएको भए त्यतिबेलै गाउँमा पानी आउने रहेछ। गफ धेरैथोरै होला रे, पानीको स्रोत घटीबढी हुन्न। कसैले एक थोपो पानी बनाउने सामथ्र्य राख्दैन। यो त रिचार्ज हुने वस्तु हो। जब घोडाअघि बग्गीको साम्राज्य बढ्छ, त्यसबखत नीति फन्टुस गफको मसला बन्दै जान्छ। तर उनीहरुलाई थाहा हुन्न कि मुखुण्डो लगाएर अनुहारको आवरण छोपिँदैन।

समाजको नर्सरीमा फैलिएको यही संस्कृति राजनीतिमा फोटोकपी भएर फक्रिएको छ। न व्यक्ति फेरिए, न चरित्र फेरियो। मतदाता उस्तै देखिए। फेसबुकमा क्रान्ति उराले तर भोट तिनै गाली गरिने जनमाथि खन्याए। अमेरिका जस्तो देशमा एक कार्यकालका लागि किन नहोस घरजग्गा कारोवारी डोनाल्ड ट्रम्प सारथि भए। छिमेकी भारतमा केजरीवाल, अन्ना हजारे, योगी आदित्यनाथजस्ता पात्र सतहमा आए। चीनमा त झन् दुई २० हाराहारी उमेरकाहरु कार्यकारी तहमा पुगिसके। २१ वर्षकी रन्जु दर्शनाले राजनीतिमा आउने रहर त गरिन तर उनलाई टेष्टमै हुत्याइयो।

शेरबहादुर देउवालाई पार्टी पोखिएको भन्दा पटुकाको खजना कसरी जोगाउने भन्ने ध्याउन्न छ। आर्थिक लाभांसको शेयर र राजनीतिको मेयर दुवै खोज्दा नेताहरु झन्झन् नाङ्गिदै गएका छन्। चण्डमुण्ड, हुक्के, ढोके, नन्दीभृंगीले बचाएको लाजले कति दिन धान्न सक्छ र ?

आजका मितिसम्म जेलनेल र कोरा भाषणकै स्थायी अन्तरा बिकिरहेछ। आफूले पाएको भन्दा अरुको उपलब्धिमा नेताहरु जलेका छन्। केपी ओलीलाई दुई तिहाइ सरकारको स्वामित्वभन्दा प्रचण्ड र माधव नेपालको खिलले बढ्ता पीडा दियो। यदि दलको मर्यादा नाघेको अपजस खेप्नु पर्दैनथ्यो भने कमल थापा उनको पहिलो रोजाइका पात्र हुन्थे। शेरबहादुर देउवालाई पार्टी पोखिएको भन्दा पटुकाको खजना कसरी जोगाउने भन्ने ध्याउन्न छ। आर्थिक लाभांसको शेयर र राजनीतिको मेयर दुवै खोज्दा नेताहरु झन्झन् नाङ्गिदै गएका छन्। चण्डमुण्ड, हुक्के, ढोके, नन्दीभृंगीले बचाएको लाजले कति दिन धान्न सक्छ र ?

नेपालमा अब बेथितिको उपचार मतदानबाट नहुने पक्का छ। मतदानको मर्यादा वनभोजको रमाइलोभन्दा माथि देखिएन। यहाँ मलेसियाको कायापलट गर्ने मोहम्मद महाथिर, सिंगापुर बनाउने लिक्वान, विहारलाई दोहोरो अंकको आर्थिक विकासमा पुर्याउने नितिशकुमारको संघर्षगाथाको कुनै प्रभाव पर्दैन। हामी पछि परेको नजानेर, नबुझेर, नदेखेर नभई नियत नै खोटो भएर हो।

सरकारको नीति कार्यक्रमभन्दा भेलु बाजेको कमेडीले ख्याती आर्जन गरेको छ। बब मार्लिनको लट्टे कपाल बिक्छ। राखी सावन्त र ज्योति मगरको छिल्लिएको मादक नखरा बहसको विषय बन्छ। नेपालमा मानिसको भिजन हैन, पोर्नस्टार सन्नी लियोनको अर्धनग्न जवानी बिक्छ। अयोध्यामा रामलीला हुँदा उनको ससुराल जनकपुर अन्धकारमा डुब्छ।

सरकारको नीति कार्यक्रमभन्दा भेलु बाजेको कमेडीले ख्याती आर्जन गरेको छ। बब मार्लिनको लट्टे कपाल बिक्छ। राखी सावन्त र ज्योति मगरको छिल्लिएको मादक नखरा बहसको विषय बन्छ। नेपालमा मानिसको भिजन हैन, पोर्नस्टार सन्नी लियोनको अर्धनग्न जवानी बिक्छ। अयोध्यामा रामलीला हुँदा उनको ससुराल जनकपुर अन्धकारमा डुब्छ।

सामाजिक सञ्जालमार्फत बेग्लै पात्र स्थापित छन्, जसको नाटकलाई नै समाजले स्वीकृति दिन थालेको छ। अझ विश्वबाट काम नलाग्ने भनी मिल्काइएको माओ डक्टिन भित्तामा पुर्याइँदा पनिअझै टालाटुली बटुलीका शैलीमा तानतुन पारेर राजनीतिक भोटो सिउने प्रयास गरिन्छ। यसरी क्रान्तिका नाममा रोपिएका धतुरोबाट धानको अपेक्षा गर्नु सर्वाधिक ठूलो भूल हो। अनि धान नफल्दा पुर्पुरोलाई धिकार्ने अर्को गल्ती आरम्भ हुन्छ। विकास बादले नभई इच्छाशक्तिले हुन्छ भन्ने नर्सरी बालकले बुझेको सत्य तिनका हजुरबा पुस्ताको मथिंगलमा पसेको छैन्।

जीवनभर नास्तिकवादमा कलम चलाउने लक्ष्मीप्रसाद देवकोटाले ब्रम्हनालमा पुगेपछि भने- ‘आखिर श्रीकृष्ण रहेछ एक।’ विश्व राजनीतिमा निरंकुशताको सजीव पात्र सम्झिइने हिटलर कालिदासको शाकुन्तल महाकाव्यका प्रशंसक मात्र भएनन्, आर्य संस्कृतिको प्रतिरक्षा गरे। त्यसैले राजनीतिका नाममा मनमा एकथोक, बोलाई अर्को र गराई तेस्रो खाले संस्कृति नत्यागेसम्म हाम्रा लागि राजनीति सेवा हैन, धोकाको अर्को नाम हुने निश्चित छ।

बुद्ध, एरिस्टोटल प्लेटो कसैको बाद थिएन, समूह थिएन, झण्डा थिएन। तर विचारका लागि सधैं सधैं बाँचेका छन्। पूज्य छन्। धृतराष्ट्रले दुर्योधनको दुर्गुण, अहंकार र स्वार्थबारे पूर्ण जानकारी राख्दाराख्दै पनि मोह त्याग्न नसक्दा महाभारतको युद्ध भएर सुखद सपना दुखद घटनामा अवसान भयो। महाभारत सकिए पनि आखिर आँसुको कथा सकिएन्। पाण्डवहरु जितेर पनि हारे। राजनीतिमा नैतिक बल गुमेपछि नेताको अवस्था भनेको रोबर्ट मान्छेको बचाई मात्र हो।

सर्वहाराको शासन, गरिबको सत्ता, जनवाद यी सबै पण्डित र धामीका मन्त्रजस्तै हुन्। गुजुल्टिएको चाउचाउ सिधा होला तर यी शब्दको अर्थ बुझ्न कठिन छ। आँपको बोटमा महत्वपूर्ण आँपै हो तर आँप फल्न हाँगाविंगा जरा चाहिएजस्तै राजनीतिका अंगलाई ध्वस्त पारेर निर्माणको भाषण गर्नु भनेको बनवास जानुअघि वन मास्नुजस्तै हो।

सर्वहाराको शासन, गरिबको सत्ता, जनवाद यी सबै पण्डित र धामीका मन्त्रजस्तै हुन्। गुजुल्टिएको चाउचाउ सिधा होला तर यी शब्दको अर्थ बुझ्न कठिन छ। हरेक शास्त्र हुने र नहुनेको लडाइँमा केन्द्रित छ। हुनेले नहुनेलाई थोरै मात्र मन फुकाएर दिने हो भने समस्याको गाँठो आफैं फुक्छ। तर यही रसायन नमिलेकै कारण महाभारतका श्रृंखला कहिल्यै सकिएन। यदि संसारमा सर्वहाराको राज्य हुन्छ भने नेपालका कम्युनिस्टले आदर्श नेता परिवर्तन गरी दिगम्बर रुपधारी महादेवलाई स्थापित गर्नुपर्छ।

फगतः खरानी र बाघको छालामा रमाएका महादेवजस्ता विन्दास पात्र शायदै राजनीतिमा पाइएलान। सधैंका मस्तराम महादेवको परिवार पार्वतीको भरोसामा चलेको थियो। उनीहरुको परिवारभित्रको अन्र्तद्वन्द्व कुनै पनि भौतिकवादी, माक्र्सवादी चिन्तनभन्दा लाखौं गुणा बढी चाखलाग्दो थियो। पिताको बाहन सर्पबाट मुसो बचाउन गणेशले गर्नुपर्ने भगीरथ प्रयास, अनि कुमारको मयुरसँग सर्प सुरक्षित राख्न पिता महादेवलाई पर्ने धौधौ थोरै सास्तीपूर्ण थियो होला र ?

आत्मरक्षाको द्वन्द्वमा फसेको परिवारको डुंगा पार्वतीको बुद्धिमतापूर्ण व्यवहार र महानताका कारण चलेको थियो। राजनीतिमा पनि यस्तै त्राण दिने व्यक्तित्त्वको खाँचो छ। आँपको बोटमा महत्वपूर्ण आँपै हो तर आँप फल्न हाँगाविंगा जरा सब चाहिएजस्तै राजनीतिका अंगलाई ध्वस्त पारेर निर्माणको भाषण गर्नु भनेको बनवास जानुअघि वन मास्नुजस्तै हो।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ९ : २३ बजे

कर्णालीका मुख्यमन्त्री भन्छन्- जनताले महसुस हुनेगरी प्रदेश सरकारले काम गरेको छ

जुम्ला– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीका जनताले महसुस

एमाले नेताको गुनासो : प्रधानमन्त्री ओ‌लीविरूद्ध भ्रम फैल्याइयो

काठमाडौं- नेकपा एमाले भक्तपुर जिल्ला कमिटी अध्यक्ष बचन देउजाले प्रधानमन्त्री

‘घुमौँ मधेश, बुझौँ मधेश’, संयोजकमा ठाकुर नियुक्त

काठमाडौं- मधेश प्रदेश सरकारले कार्यक्रम ‘घुमौँ मधेश, बुझौँ मधेश’ कार्यक्रम

सहकारीको भावनाविपरीत सञ्चालन गर्दा समस्या आयो : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केही व्यक्तिको कमजोरीले

प्रादेशिक अस्पताल जलेश्वरका उपकरण प्रयोगविहीन

जलेश्वर– महोत्तरीको सदरमुकाममा अवस्थित प्रादेशिक अस्पतालमा खरिद गरिएको दुई करोड