केकीबारे पोइट आइडलको स्पष्टीकरण : यो विशुद्ध कविता लेखन प्रतियोगिता होइन « Khabarhub

केकीबारे पोइट आइडलको स्पष्टीकरण : यो विशुद्ध कविता लेखन प्रतियोगिता होइन


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


792
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माग २९ गतेबाट ‘पोइट आइडल’को दोस्रो सिजन प्रशारण हुँदैछ । निर्माण पक्षले यसपटक उपेन्द्र सुब्बा, विप्लव प्रतीक र अनुप बराललाई निर्णायकमा निरन्तरता दिँदै नायिका सुरक्षा पन्तको स्थानमा केकी अधिकारी भित्र्याएको छ ।

‘पोइट आइडल’को ‘निर्णायकका लागि केकी अयोग्य छिन्’ भनेर आम दर्शकबाट बाक्लै रुपमा प्रतिक्रिया आएको छ । यो आलोचनाबाट सुरक्षा पनि घेरिएकी थिइन् । यी आलोचना बारे दोस्रो सिजनमा भने निर्माण पक्षले स्पष्टीकरण दिएको छ ।

‘पोइट आइडल’ विशुद्ध कविता लेखन मात्रै नभएर वाचन र प्रस्तुतीको प्राविधिक पक्षमा समेत अब्बल सावित हुने प्रतियोगी आइडल बन्ने भएर निर्णायक मण्डलमा विविधता ल्याएको निर्देशक अमनप्रताप अधिकारी बताउँछन् । जसमा फरक–फरक पृष्ठभूमि भएका निर्णायक खोज्दा केकी अधिकारीले स्थान पाएको उनको तर्क छ ।

निर्देशक अधिकारी स्पष्ट पार्छन्, ‘पोइट आइडलमा राम्रो कविता लेखन कला मात्रै भएर हुँदैन । कविता वाचन शैली, शारीरिक हाउभाउ, कविता वाचन गर्दा कवि कुन पात्रमा प्रस्तुत हुन्छ सबै कुरा निर्णायकहरुले हेर्नुहुन्छ । त्यसका लागि कवि मात्रै ल्याउँदा निर्णायक टिम अधुरो हुनसक्छ ।’

प्रतियोगी कविताअनुसारको पात्रमा प्रस्तुत भएर वाचन गर्दा शारीरिक हाउभाउ, शब्दको भावअनुसारको पात्र निर्माणलगायका प्राविधिक पक्षमा केकीको दख्खल निर्णायक बन्न योग्य रहेको निर्देशक अधिकारीको दाबी छ ।

उनी स्पष्ट पार्छन्, ‘प्रतियोगी प्रहरीको पोसाकमा आएर कविता वाचन गर्दा उसले विकास गरेको चरित्रमा अभिनय पुगेको छ/छैन, शब्दअनुसारको शारीरिक हाउभाउ छ/छैन, यो पोइट आइडमा लेखनकला सँगै जोडिएर हेर्ने विषय हो । यस पक्षका लागि अभिनयमा स्थापित नायिका सो भूमिकामा उपयुक्त नहुने कुरै भएन ।’

चार कविको मापनले मात्रै पोइट आइडलले परिकल्पना गरेको आइडल निर्माण नहुने भएकाले निर्णायक फरक पृष्ठभूमिबाट खोज्ने क्रममा अभिनयको पाटो हेर्न केकी उपयुक्त हुने अधिकारी बताउँछन् । साथै, केकीको साहित्य पृष्ठभूमि पनि नजरअन्दाज गर्न नमिल्ने उनको तर्क छ ।

उनी निर्णायक टिम मजबुत बनेको दाबी गर्दै भन्छन्, ‘प्रतियोगीको लेखन क्षमताको मापन गर्न विप्लव प्रतीक, कवितामा नयाँपन समावेशबारे हेर्न उपेन्द्र सुब्बा, प्रस्तुति र प्राविधिक प्रयोगबारे मापन गर्न थिएटर पृष्ठभूमिका अनुप बराल हुँदै हुनुहुन्छ । अभिनय र वाचनको पक्षमा केकी हुनुहुन्छ ।’

के भन्छन् अनुप बराल ?
लेखन, वाचन र अभिनयको मिश्रणमा रियालिटी शोमा अभिनय पृष्ठभूमिको व्यक्ति निर्णायक टिममा सहभागी हुनु सुखद रहेको अनुप बराल तर्क गर्छन् ।

केकीको दख्खल र कार्यक्षेत्र पोइट आइडलमा समावेश भएकाले निर्णायक बन्दा आफूलाई आश्चर्य नलागेको उनी बताउँछन् । उनी थप्छन्, ‘प्रतियोगीले शब्द अनुसारको भाव र समग्र प्रस्तुतीको मापन गर्ने क्षमता उहाँसँग छैन भनेर स्थापित नायिकालाई भन्न मिल्दैन ।’

केकीले निर्णायकको भूमिकामा काम गर्न नपाउँदै अयोग्य सावित गर्न खोज्नु उपयुक्त कदम नभएको उनको तर्क छ । उनी थप्छन्, ‘कविता क्षेत्रमै भएर आफूले त्यो स्थान पाउन नसकेका व्यक्तिहरूको कुण्ठा हुन पनि सक्छ ।’

यद्यपि बजारमा प्रभाव पार्ने क्षमताको नायिका भएका कारणले पनि निर्माण पक्षले उनलाई रोजेको हुनसक्ने उनको शंका छ ।

 

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  १२ : १७ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं– प्रहरीले अवैध लागूऔषधसहित मुलुकका विभिन्न स्थानबाट १६ जनालाई पक्राउ

सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकार र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान

गत वर्षसम्मको स्वास्थ्य बीमाको भुक्तानी सम्पन्न

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य

ताप्लेजुङ गोल्डकप : झापा-११ सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ– ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा झापा-११ फुटबल क्लब प्रवेश गरेको छ। 

रसुवामा उद्धार अभियान तीव्र, सेनाद्वारा १०९ जनाको हवाई उद्धार, सुरुङमा अझै मिलेन सफलता

काठमाडौं- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा