फिलिपिन्समा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु « Khabarhub

फिलिपिन्समा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिलिपिन्सको दक्षिणी क्षेत्रमा पर्ने दाभाओ दि ओरो प्रान्तको एक खानीमा मङ्गलबार गएको पहिरोमा परी पुरिएका ८६ जनामध्ये उद्धारकर्मीले ४५ जनालाई उद्धार गरेको एक सैनिक प्रवक्ताले बुधबार जानकारी दिएका छन् ।

जनवरी २८ देखि लगातार परेको वर्षाका कारण आएको बाढी र पहिरोको चपेटामा परेको दाभाओ क्षेत्रको एक प्रान्त डिभाओ दि ओरो क्षेत्रका बाढी र पहिरोका कारण करिब आठ लाख मानिस प्रभावित भएको र २० जनाभन्दा बढीको मृत्यु भएको सरकारले जनाएको छ ।

सेनाको पूर्वी कमाण्डकी प्रवक्ता रोजा मा क्रिस्टिना रोसेट म्यानुएलका अनुसार उक्त क्षेत्रमा रहेको एक खानी कम्पनीका थप ४१ जना कर्मचारी अझै बेपत्ता छन् । म्यानुएलका अनुसार ४५ जनामध्ये तीन जनाको अवस्था गम्भीर छ र उनीहरूलाई तत्काल हवाई मार्ग हुँदै यपचारका लागि पठाउने तयारी भइरहेको छ । 

बाँकी व्यक्तिको खोजी र उद्धारको प्रयास जारी रहेको एपेक्स माइन्स फर्मलाई उद्धृत गर्दै उनले बताए, ‘घटनास्थल नजिकै रहेका करिब ६०० जनालाई सुरक्षित स्थानमा सारिएको छ,’ म्यानुएलले भने ‘पहिरोका कारण कैँयौ अन्य व्यक्ति प्रभावित भएका छन् ।

प्रवक्ताले भने, ‘सडकहरू अगम्य छन् भने यस क्षेत्रमा कुनै फोन टावरको सङ्केत नरहेको कारण सेनाले रेडियो सम्पर्क स्थापित गर्न र खोजी र उद्धार कार्यमा मद्दत गर्न टोलीहरूलाई तैनाथ गरेको छ ।’

प्रान्तीय प्रकोप रोकथाम एजेन्सीका एड मकापिलीले रेडियो अन्तर्वार्तामा जनाएअनुसार बुधबार बिहानै पहिरोमा परेकाहरूको उद्धार कार्य पुनः सुरु गरिएको छ । दाभाओ दि ओरो प्रान्तको तटीय खानी शहर माकोको एउटा खानीस्थल नजिकै स्थानीय समयअनुसार मंगलबार साँझ ७ः५० बजे पहिरो गएको थियो ।

गत जनवरी २८ देखि लगातार परेको वर्षाका कारण आएको बाढी र पहिरोको चपेटामा परेको दाभाओ क्षेत्रको एक प्रान्त डिभाओ दि ओरो क्षेत्रका बाढी र पहिरोका कारण करिब आठ लाख मानिस प्रभावित भएको र २० जनाभन्दा बढीको मृत्यु भएको सरकारले जनाएको छ ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  १ : ४९ बजे

बाढी विपत्तिको शोकमा आन्तरिक राजस्व विभागद्वारा भदौ १६ को करदाता पुरस्कार स्थगित

काठमाडौँ – रसुवा र नुवाकोटलाई केन्द्र बनाएर आएको भीषण बाढीका

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु, करिब चार हजार बेपत्ता

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा

बाढी प्रभावित पत्रकार तथा सञ्चारकर्मीका परिवारलाई लुम्बिनी प्रेस क्लबको एक लाख सहयोग 

रुपन्देही– लुम्बिनी प्रेस क्लबले रसुवाबाट बाढीबाट प्रभावित पत्रकार तथा सञ्चारकर्मीका

जीवन परिवर्तनमा योगको असाधारण भूमिका छ : मुख्यमन्त्री भट्ट

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली

पुस्तकालयको गौरव पुनःस्थापित गर्दै गुरुकुल

महोत्तरी– प्राचीन संस्कृत भाषा र साहित्य साधनाको केन्द्र मानिने महोत्तरीको