सर्वोच्चले भन्यो- हदबन्दी भन्दा बढी जग्गा जफतै गर्नुपर्छ « Khabarhub

सर्वोच्चले भन्यो- हदबन्दी भन्दा बढी जग्गा जफतै गर्नुपर्छ

उद्योगपतिको जग्गा सरकारीकरण गर्ने बाटो खुल्यो


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तत्कालीन राजा महेन्द्रले २०२१ सालमा भूमिसुधार लागू गरेर जग्गाको हदबन्दी तोकेका थिए । तर, कसैले उद्योग चलाउन खोज्दा हदबन्दी भन्दा बढी जमिन राख्न पाउँथ्यो ।

उद्योगले हदबन्दीभन्दा बढी जमिन राख्न पाउने कानुनको अधिकार प्रयोग गर्दै झापामा गिरीबन्धुले ३४३ बिघा १९ रोपनी १२ आना जमिनमा चिया बगान खोलेका थिए ।

उद्योगका लागि राखिएको हदभन्दा बढी जग्गा उद्योग बन्द भएपछि कसको हुन्छ ? के तिनै उद्योगपतिले जग्गा बेचेर खान पाउँछन् ? कि त्यो जमिन सरकारको हुन्छ ? यो प्रश्नको जवाफ बुधबार सर्वोच्च अदालतले दिएको छ ।

सर्वोच्च अदालतको फैसलामा स्पष्टसँग भनिएको छ, ‘सामान्यतया हदबन्दी भन्दा बढी भएको जग्गा जफत नै गर्नुपर्ने हुन्छ ।’

अदालतको यो नजिर अनुसार अब गिरीबन्धुको जस्तै देशैभरि राखिएको हदबन्दी भन्दा बढी जमिन सरकारीकरण गर्ने बाटो खुलेको छ ।

अदालतको यो नजिरले अब त्यस्ता उद्योगीहरूले लिएको हदभन्दा बढी जमिन उद्योग बाहेक अन्य प्रयोजनका लागि प्रयोग गर्न नपाइने र त्यस्तो जमिन अन्ततः सरकारकै हुने स्पष्ट पारेको छ ।

यही मान्यता अनुसार गिरीबन्धु टी स्टेटको हदभन्दा बढी जग्गाको व्यवस्थापन गर्नु गराउनु भनी अदालतले सरकारका नाममा परमादेशसमेत जारी गरेको छ ।

जग्गाको क्षेत्रफल, चिया उत्पादन हुने क्षमता सम्भाव्यता, सट्टा गरिने जग्गाको मूल्यसमेतका समग्र प्राविधिक तथा व्यवस्थापकीय विषयहरू यकिन गरेर हदभन्दा बढी भएको जग्गा व्यवस्थापन गर्न सर्वोच्चले भनेको छ ।

यो पनि…

ओली सरकारले गरेको गिरीबन्धु चिया बगान सार्ने निर्णय खारेज

हेर्नुहोस् अदालतको आदेश

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ५ : ३५ बजे

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता, लामिछानेले गराए भारत भ्रमणबारे जानकारी

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति

रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ

त्रिवेणी – जिल्ला प्रहरी कार्यालय रुकुम–पश्चिमले जिल्लाको मुसिकोट नगरपालिका–५ शेरिगाउँबाट

फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा

कास्की – प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको पोखराको फेवातालमा डुङ्गा

हर्क साम्पाङले मागे अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा.

सदस्यता व्यवस्थापन डिजिटल बनाउँदै कांग्रेस, ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’

काठमाडौं – नेपाली कांग्रेसले पार्टीका क्रियाशील सदस्यहरूको ‘डिजिटल्ली अद्यावधिक’ गर्न