मकवानपुर मालपोतले उठायो १६ करोड राजस्व | Khabarhub Khabarhub

मकवानपुर मालपोतले उठायो १६ करोड राजस्व


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– मालपोत कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८०-०८१ मा जग्गाको कारोबारबाट रु १५ करोड ७८ लाख ८० हजार छ सय ६२ राजस्व संकलन  गरेको छ । मालपोत कार्यालयले साउनदेखि पुस मसान्तसम्मको अवधिमा उक्त रकम संकलन गरेको हो ।

मालपोत कार्यालय मकवानपुरबाट थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका र कैलाश गाउँपालिकाको आग्रा र गोङ्टेबाहेकका अन्य स्थानीय तहको जग्गाको कारोबार हुँदै आएको छ । कार्यालयले चालु आर्थिक वर्षको साउन महिनामा रजिस्ट्रेसन दस्तुर, राप्ती संरक्षण कोष, न्यायिक दस्तुर रोक्का, सेवा शुल्क तथा अन्य प्रशासनिक दस्तुर, पुँजीगत लाभकर गरी रु दुई करोड ६३ लाख सात हजार चार सय ९३ राजस्व संकलन गरेको छ ।

त्यसैगरी कार्यालयबाट प्राप्त जानकारीअनुसार सो अवधीमा साउन महिनामा रु तीन करोड, भदौ महिनामा रु दुई करोड ४२ लाख ६० हजार चार सय १५ राजस्व संकलन गरेको छ । त्यसैगरी कार्यालयले असोज महिनामा रु तीन करोड ९९ लाख ७२ हजार आठ सय ७८ राजस्व संकलन गरेको छ । 

यस्तै कात्तिकमा रु एक करोड ३४ लाख ५१ हजार सात सय ८६ र मङ्सिरमा रु दुई करोड ६५ लाख ७५ हजार चार सय ४९ राजस्व, पुस महिनामा रु दुई करोड ७८ लाख छ हजार ९१ राजस्व आम्दानी गरेको हो ।

गत आर्थिक वर्ष २०७९-८० को साउनदेखि पुससम्मको पहिलो छ महिनाको अवधिमा कार्यालयले रु २३ करोड ३६ लाख एक हजार छ सय ३६ आम्दानी गरेको थियो । कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७८-७९ को पुस मसान्तसम्म रु २६ करोड ६० लाख ७२ हजार तीन सय ६९ राजस्व आम्दानी गरेको थियो ।

मालपोत कार्यालय राजस्व आम्दानीको एक स्रोत रहेको छ । यस कार्यालयले जग्गाको विभिन्न कारोबारबाट राजस्व आम्दानी गर्दै आएको छ । पछिल्लो समय कार्यालयमा कारोबार घट्दो क्रममा रहेको देखिएको छ । अघिल्लो आव २०७८-७९ को तुलनामा गत आव २०७९-८० मा रु तीन करोड २४ लाख ७० हजार सात सय ३३ ले कम राजस्व आम्दानी भएको थियो । 

आव २०७८-७९ को तुलनामा चालु आवमा रु १० करोड ८१ लाख ९१ हजार सात सय सातले राजस्व कम संकलन भएको छ । पछिल्लो तीन वर्षको राजस्व संकलनको तथ्यांक हेर्दा भारी गिरावट भएको देखिएको छ ।

कार्यालयका अनुसार गत आवको तुलनामा  चालु आवमा रु सात करोड ५० लाखभन्दा कम राजस्व उठेको छ । चालु आवको केही समय जग्गाको कित्ताकाट बन्द, आर्थिक मन्दीका कारण जग्गाको कारोबार घटेसँगै राजस्व संकलनमा पनि कमी आएको हो । 

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ७ : ५४ बजे

मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति

नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक

पाँचथरमा बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु

पाँचथर – पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

प्रतिनिधिसभा बैठक बस्दै, पानीजहाज विधेयक टेबुल गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आइतबार बस्दैछ । बैठक

इरानको तेल भण्डारमा इजरायलको आक्रमण: भीषण आगो लागेको दृश्य सार्वजनिक

इरान – इजरायलको आक्रमणबाट इरानको तेल भण्डारमा भीषण आगो लागेको