आज २०८० साल माघ २५ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८० साल माघ २५ गते बिहीबारको राशिफल


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


14.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल माघ २५ गते बिहीबार तदनुसार सन् २०२४ फेब्रुअरी ८ तारिख। मकरका चन्द्रमा ११ औं अशंमा छन्। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : समय राम्रो छ। आर्थिक क्षेत्रमा अपेक्षा अनुसार फाइदा हुनेछ। धार्मिक क्षेत्रमा मन जानेछ। शिक्षाको क्षेत्रमा सफलता प्राप्त हुनेछ। स्वदेशमै गरेको लगानीबाट फाइदा हुनेछ। आफन्तको साथ र सहयोग मिल्नेछ।

वृष : दैनिकी राम्रो छ। सञ्चित धन सही ठाउँमा खर्च हुनेछ। शैक्षिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दैनिकी सामान्य छ। मनमा नराम्रो सोच आउन सक्छ। काम गर्नु अगाडि आफूभन्दा ठुला मानिससँग परामर्श गर्नु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर रहन्छ।

कर्कट : दिन सामान्य राम्रो छ। लगानीको क्षेत्र भने सबल रहेको छ। परिवारसँगको सम्बन्ध राम्रो हुनेछ। झुटो आरोप लाग्नसक्छ। आफन्तको आलोचना सुन्नुपर्ने हुनसक्छ। वर र पिपलको दर्शन मात्र गरेमा काम बन्नेछ।

सिंह : दिन सामान्य छ। आफन्तबाट अपमानित हुनुपर्न सक्छ। स्वास्थ्यमा समस्या हुनसक्ने भएकाले खानपानमा ख्याल गर्नु आवश्यक छ। शैक्षिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। बढी विश्वास गर्नाले परिवारबाट धोखा हुनसक्छ।

कन्या : दिन राम्रो छ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या देखिएको छ। खानपानमा विशेष ख्याल गर्नुपर्ने देखिन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानी राम्रो छ। परिवारको साथ मिल्नेछ।

तुला : दिन राम्रो छ। आर्थिक क्षेत्रमा गरेको प्रयासबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। शिक्षाको लगानीबाट फाइदा नहुने योग छ। प्रतिस्पर्धीबाट उम्कने सम्भावना धेरै छ। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ।

वृश्चिक : समय राम्रो छ। बन्धुबाट साथ र सहयोग प्राप्त हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखापर्ने छन्। शिक्षामा असफलता आइलाग्न सक्छ। सामाजिक क्षेत्रमा हात नलगाएको राम्रो हुन्छ। वैदेशिक क्षेत्रको श्रम लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन राम्रो छ। लगानीका क्षेत्रबाट उपलब्धि हात पर्नेछ। स्वास्थ्य लाभ हुनेछ। सामाजिक क्षेत्रमा सम्मान र वैदेशिक क्षेत्रमा सफलता हात लाग्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

मकर : बोलीको प्रभावले काम बन्नेछ। आजको दिन ठुलो व्यापारमा हात नलगाउनु राम्रो हुन्छ। विरोधको आवाज सुन्नुपर्ने हुनसक्छ। हनुमानको चिन्तन गरेमा धेरै समस्याको समाधान हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहने छ।

कुम्भ : दैनिकी सामान्य छ। बोल्दा ख्याल गर्नु आवश्यक छ। बोलीमा शनिदेवको कुप्रभाव रहेको छ। आर्थिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्य राम्रो हुनेछ वैदेशिक लगानीबाट फाइदा हुनेछ।

मीन : दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुँदै जानेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। शत्रुको नाश हुनेछ। हरेक काममा परिवारको साथ र सहयोग रहनेछ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ५ : १७ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा