नेपाल र क्यानडाको तीन खेलको सिरिज आजदेखि | Khabarhub Khabarhub

नेपाल र क्यानडाको तीन खेलको सिरिज आजदेखि


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आजदेखि घरेलु मैदान कीर्तिपुरमा नेपालले क्यानडासँग तीन खेलको एक दिवसीय क्रिकेट सिरिज खेल्दैछ। सिरिजको पहिलो खेल आज बिहान ९ बजेर १५ मिनेटमा कीर्तिपुर मैदानमा सुरु हुँदैछ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले क्यानडाविरुद्धको सिरिजका लागि नेपाली टोली तयार रहेको बुधबार पत्रकार सम्मेलनमा बताइएका छन्।

यस्तै नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईले क्यानडासँगको सिरिज प्रतिस्पर्धात्मक हुने बताएका छन्। उनले टोलीमा नयाँ र पुराना खेलाडीको सम्मिश्रण रहेकोले राम्रो खेल्न सबै उत्साहित रहेको बताएका हुन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज, (माघ २५), माघ २७ र २९ गते हुने सिरिजका लागि नेपालले यसअघिकै १५ सदस्यीय टोली घोषणा गरिसकेको छ।

क्यानडाका प्रशिक्षक पुबुदु दासानायकेले नेपालसँग खेल्न आफ्नो टोली तयार रहेको बताएका छन्।

रोचक त के छ भने क्यानडाका प्रशिक्षक पुबुदुसमेत नेपालका सफल पूर्व प्रशिक्षक हुन्। मोन्टीले नेपाललाई विश्वकपसम्मको यात्रामा पुर्याएका छन्। नेपालका लागि सफल बनेका दुवै प्रशिक्षकको प्रतिस्पर्धाका रुपमा यो सिरिजलाई हेरिएको छ।

क्यानडासँग खेल्ने नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सराफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल साह।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ६ : १५ बजे

जल्दै गरेको सिंहदरबार (तस्बिरहरू)

काठमाडौं– मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्र प्रवेश गरेर प्रदर्शनकारीले आगो

जेन-जीको आक्रमणले तहसनहस देउवा निवास (तस्बिरहरू)

काठमाडौँ- जेन-जी आन्दोलनकारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवास

बङ्गलादेशमा हसिनाको पतनपछि सेनाको सहजीकरणमा भएको थियो अन्तरिम सरकार गठन

काठमाडौं- गत वर्षको जुलाई महिनाको अन्त्य र अगस्टको शुरुतिर बङ्गलादेशमा

राष्ट्रपति निवासमा पनि प्रवेश गरे प्रदर्शनकारी

काठमाडौं– मंगलबार दिउसो प्रदर्शनकारी राष्ट्रपति निवास सितल निवास प्रवेश गरेका

राज्यसत्ताका तिनै अंग प्रदर्शनकारीको कब्जामा

काठमाडौं– राज्यसत्ताका तिनै अंग प्रदर्शनकारीको कब्जामा पुगेको छ । मंगलबार