पाकिस्तानमा आज आम निर्वाचन, ६ लाख ५० हजार सुरक्षाकर्मी परिचालन | Khabarhub Khabarhub

पाकिस्तानमा आज आम निर्वाचन, ६ लाख ५० हजार सुरक्षाकर्मी परिचालन


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानमा आज आम निर्वाचन हुँदैछ । निर्वाचनका लागि करिब ६ लाख ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

पाकिस्तानको निर्वाचन आयोगका अनुसार कुल १२ करोड ८५ लाख ८५ हजार ७६० जना मतदान गर्न योग्य रहेका छन् । राष्ट्रियसभा वा संसदको तल्लो सदनमा २६६ सिटका लागि ४ हजार ८०७ पुरुष, ३१२ महिला र दुईजना तेस्रोलिङ्गी गरी ५ हजार १२१ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।

चार प्रदेश सभाका ५९३ सिटका लागि १२ हजार १२३ पुरुष, ५७० महिला र दुई तेस्रोलिङ्गी गरी १२ हजार ६ सय ९५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

निर्वाचन आयोगले देशभर ९ लाख ७ हजार ६ सय ७५ मतदान केन्द्र स्थापना गरेको छ । जसमा पुरुषका लागि २५ हजार ३२०, महिलाका लागि २३ हजार ९५२ र अन्य ४१ हजार ४०३ मिश्रित मतदान केन्द्र रहेका छन् ।

निर्वाचन आयोगका अनुसार ४४ हजार मतदान केन्द्र सामान्य छन् भने २९ हजार ९ सय ८५ संवेदनशील र १६ हजार ७६६ अति संवेदनशील भनेर छुट्याइएको छ । आतङ्ककारी समूहको आक्रमणको खतरालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।

 

 

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ८ : ३७ बजे

दक्षिण अफ्रिकी जितसँग जोडिएका तथ्य : चार पारीमा तीन शतक

लण्डन – अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका टेस्ट विश्व च्याम्पियनसिप बनेको

इरान र इजरायल दुवै पक्षबाट रातभर आक्रमण

काठमाडौं – इरान र इजरायलमा दुवै पक्षबाट आक्रमण जारी छ।

आइतबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार १ गते आइतबार। असार

आज २०८२ साल असार १ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १ गते आइतबार। असार