पोग्वा युनाइटेडमै रहन्छन्- प्रशिक्षक सोल्सायर | Khabarhub Khabarhub

पोग्वा युनाइटेडमै रहन्छन्- प्रशिक्षक सोल्सायर


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर क्लब म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले मिडफिल्डर पाउल पोग्वा युनाइटेडमै रहने बताएका छन् । उनले शनिबार राति मिडियासँग कुरा गर्दै पोग्वा युनाइटेडमै रहनेमा कुनै शंका नरहेको स्पष्ट पारे ।

नयाँ सिजन शुरु हुनु अगाडि सरुवा बजार खुल्ला रहेको हुँदा पोग्वाले युनाइटेड छाड्ने सम्भावना रहेको आँकलनका बीच सोल्सायरले आफ्ना स्टार खेलाडीले नयाँ सिजन पनि युनाइटेडबाटै खेल्ने बताएका हुन् ।

पोग्वाले स्पेनिस महारथि रियल मड्रिड जान चाहेको कुरा बजारमा हल्ला भइरहँदा सोल्सायरले आफ्ना स्टार यो सिजन पनि युनाइटेडमै रहने बताएका हुन् ।
प्रि सिजनको अन्तिम एसी मिलानसँगको खेलमा पोग्वा कार्डिफ गएका थिएनन् । उक्त कुरालाई स्पष्ट पार्दै सोल्सायरले भने,‘मैले तयारीका क्रममा उनीसँग कुरा गरेको थिए । पोग्वालाई यात्रा गर्न कठिन थियो । तर, त्यो चोट नभएर दुखाइ मात्रै हो ।’

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  १० : १९ बजे

ट्राफिक प्रहरीले सर्वसाधारण कुटेको भिडियो गत मंसिरको, चार जनामाथि थालियो कारबाही

काठमाडौं- ट्राफिक प्रहरीले सर्वसाधारणलाई सडकमै लात्ती मुक्का बर्साएको भिडियो २०८१

पत्रकारमाथि दुर्व्यवहार गर्ने दीपेश यादव पक्राउ

लुम्बिनी – पत्रकार राधेश्याम विश्वकर्मामाथि समाचार सङ्कलनका क्रममा दुर्व्यवहार गरी

पुलावामाको झल्को दिने पहलगाम हमला, भारत–पाक युद्धको जोखिम कति ?

काठमाडौं– दुई दिनअघि भारत प्रशासित जम्मु कश्मीरको पहलगाममा आतंककारी आक्रमण

फिलिपिन्समा सवारी दुर्घटनाः तीन जनाको मृत्यु, १० जना घाइते

मनीला – फिलिपिन्सको राजधानी मनीलामा भएको सवारी दुर्घटनामा तीन जनाको

ओलीको ‘लभ’ निजीलाई कि सरकारी ?

काठमाडौं– सत्तारुढ नेकपा एमालेका कार्यकर्ताहरु आफ्ना अध्यक्षलाई ‘आई लभ यु