समृद्धिका लागि एमालेको एकल सरकार आवश्यक : ओली | Khabarhub Khabarhub

समृद्धिका लागि एमालेको एकल सरकार आवश्यक : ओली


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

रौतहट – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणको सपना आफ्नो दलको परिकल्पना भएको बताउँदै त्यसलाई साकार पार्न नेकपा एमालेमात्र नभइ समाजका अन्य वर्गको पनि सक्रिय सहभागिता अपरिहार्य भएको बताएका छन् ।

नेकपा एमाले रौतहटले गरुडामा आज आयोजना गरेको १०औँ जिल्ला अधिवेशनमा अध्यक्ष ओलीले नेपाली जनताको समृद्धिको आकाङ्क्षालाई मूर्तरुप दिन आफ्नो दलको एकल सरकार आवश्यक भएकाले आगामी निर्वाचनमा त्यो चाहना पूरा गर्न पार्टीका हरेक तहका नेता तथा कार्यकर्ताले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्नेमा जोड दिए ।

जनताका समस्या समाधान गर्न वर्तमान सरकार गम्भीर नभएको आरोप लगाउँदै अध्यक्ष ओलीले एमालेको बहुमतको सरकार भएपछि मात्र उनीहरूका विकासका चाहना पूरा हुने दाबी गरे। उनले पार्टी कार्यकर्तालाई सेवा भावनाका साथ काम गर्न निर्देशन पनि दिए ।

कार्यक्रमका प्रमुख अतिथि ओलीलाई रौतहटका जनताले एक सय एक किलोको मालाले स्वागत गरेका थिए । एमालेको १० औँ जिल्ला अधिवेशन आज र भोलि गरुडामा हुँदैछ ।

कार्यक्रममा मधेश प्रदेश इञ्चार्ज योगेश भट्टराई, कोशी प्रदेश इञ्चार्ज रघुुवीर महासेठ, पोलिटब्यूरो सदस्य, केन्द्रीय सदस्य र गरुडा नगरपालिकाका प्रमुख कन्तमणि जयसवाललगाय नेताको सहभागिता थियो । अधिवेशनले रौतहट जिल्लामा नयाँ कार्यसमिति चयन गर्नेछ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ९ : २० बजे

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् ।

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना

नेपाललाई समृद्ध बनाउन कृषि र पर्यटन विकासमा ध्यान दिनुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले जनताको

अवरुद्ध त्रिभुवन राजपथ सञ्चालन

मकवानपुर – मकवानपुरको काठमाडौं–हेटौँडा खण्डको त्रिभुवन राजपथअन्तर्गत भिमफेदी गाउँपालिका–९ लामिडाँडामा