भ्यालेन्टाइन अन्तर्गत आज ‘चकलेट-डे’ « Khabarhub

भ्यालेन्टाइन अन्तर्गत आज ‘चकलेट-डे’


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज प्रणय सप्ताहको तेस्रो दिन अर्थात् चकलेट-डे। चकलेट बच्चादेखि वृद्धसम्मको प्रिय खानेकुरा अन्तर्गत पर्छ ।
जन्मदिनको रमाइलो क्षणदेखि अन्य कुनै पनि विशेष समारोहमा चकलेट उपहारको रूपमा प्रयोग हुने गरिन्छ। 

विशेष गरी यो फेब्रुअरी महिनालाई प्रेमको महिना पनि मानिन्छ ।  ७ फेब्रुअरी देखि १४ फेब्रुअरीसम्म प्रेम दिवस मनाइने गरिन्छ । 

आजको दिन आफ्ना नजिकका र प्रियजनहरूलाई चकलेट दिएर खुसी बनाउँन सकिन्छ । प्रेम सप्ताहको तेस्रो दिन आफूले माया गरेको मान्छेलाई पनि चकलेट दिने चलन छ । चकलेट जस्तै मिठो सम्बन्ध बनोस् भनेर यो दिन चकलेट साटासाट गरेर मनाइन्छ ।

सबै चकलेट स्वास्थ्यका लागि फाइदाजनक छन् भन्ने होइन, तर छानेर राम्रो गुणस्तरका चकलेट खाने हो भने यसले धेरै फाइदा गर्छ । 

 यस्ता छन् चकलेटका फाइदाहरू 

– चकलेटको सेवनले महिलालाई रजस्वलाको समयमा हुने पीडाबाट राहत दिनुका साथै गर्भवती अवस्थामा शिशुको विकासमा पनि सहयोग गर्छ ।

‍- शरीरमा देखिने कोलेस्ट्रोलको मात्रा कम गर्न चकलेट फाइदाजनक मानिन्छ । 

-चकलेटले छालामा निखार ल्याउँछ । 

– चकलेटमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट पाइने भएकोले मुटु रोग, क्यान्सरका साथै बुढेसकालमा लाग्ने रोगबाट बचाउन मद्दत गर्छ ।

– तथा र डिप्रेसनका बेला चकलेट सेवन गर्नु लाभदायक मानिन्छ । 

–  डार्क चकलेटमा प्रशस्त एन्टिअक्सिडेन्ट पाइने भएकोले मस्तिष्कको कार्य प्रणालीमा सुधार आउँछ र सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।

 – चकलेटमा पोटासियम र कपरको मात्राले हृदयाघात हुँदा मुटुको क्षमतालाई कायम राखी रक्तचाप कम गर्नुका साथै धमनी कठोर हुनबाट बचाउँछ ।

-चकलेट सेवनले खोकी कम गर्नुका साथै तनावबाट समेत राहत दिन्छ । 

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ६ : १५ बजे

प्रधानमन्त्री कार्की स्वास्थ्य बीमा समस्या समाधानको प्रयासमा

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमा समस्या समाधानको प्रयास सुरु

पर्वतको फलेवासमा गहुँ र तोरीको बीउ उत्पादन हुँदै

पर्वत– स्याङजा बीउ स्रोत केन्द्र र राष्ट्रिय गहुँ अनुसन्धान केन्द्र

निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न आग्रह

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न राजनीतिक

महाभारतको अर्जुन बनेर अदालतले न्यायको रक्षा गर्न सक्दैन ?

अदालतलाई डर लाग्नु सामान्य विषय होइन । नागरिकलाई डर लाग्यो

राष्ट्रपति पौडेल जापानबाट स्वदेशका लागि प्रस्थान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण पूरा गरी