पर्यटन क्षेत्रमा काम गर्ने मजदुरका लागि चिनियाँ भाषाको निःशुल्क तालिम | Khabarhub Khabarhub

पर्यटन क्षेत्रमा काम गर्ने मजदुरका लागि चिनियाँ भाषाको निःशुल्क तालिम


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरालाई आधार बनाएर पर्यटन क्षेत्रमा कार्यरत मजदुरहरुका लागि चिनियाँ भाषाको निःशुल्क तालिम शुरु भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० तथा गण्डकी प्रदेश सरकारको आन्तिरक पर्यटन वर्षलाई सफल बनाउने उद्देश्यले नेपाल ट्रेकिङ–ट्राभल्स–र्‍याफटिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृति कार्गो, कुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि शुरु भएको सो तालिम आगामी भदौ १८ गतेसम्म सञ्चालन हुनेछ ।

नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि भएसँगै पर्यटकको बसाइँ सहज बनाउने र भाषाको अभावमा उनीहरुलाई कुनै कठिनाइ नहोस् भनेर पर्यटन बोर्ड, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र ट्रेकिङ एजेन्सिज एशोसिएसन (टान) पोखराको सहयोगमा चिनियाँ भाषाको तालिम शुरु गरिएको युनिट्राभ गण्डकीका अध्यक्ष विजय केसीले बताए ।

आधारभूत र एड्भान्स गरी २ सत्रमा कक्षा सञ्चालन गरिएको र आधारभूतमा ४१ र एड्भान्समा २१ गरी ६२ जना तालिममा सहभागी रहेका जनाइको छ ।

तालिम उद्घाटन गर्दै पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख काशिराम भण्डारीले भाषा तालिमबाट पर्यटकसँग गरिने व्यवहारमा सहजता हुने बताउँदै पथप्रर्दशक भनेको बाटो देखाउने मात्र नभई देशको राजदूत बन्नुपर्ने बताए ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  १० : ४६ बजे

माओवादी उपाध्यक्षले भेटे पत्रकार रजकको परिवारलाई

काठमाडौं– नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटा चैत्र १५ को

भक्तपुरमा बिस्का जात्राको उल्लास (तस्बिरहरू)

काठमाडौं– आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं

उत्पादन र रोजगारी वृद्धि गर्ने गरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारी वृद्धि गर्ने

भृकुटीमण्डपमा फूलदेखि जडीबुटीसम्मको मेला (तस्बिरहरू)

काठमाडौं– बिहीबारदेखि नर्सरी व्यवसायी संघ नेपालले ‘नेशनल हर्टिकल्चर एक्स्पो’ आयोजना

युक्रेनको दाबी- रूसका लागि युद्ध लड्दैछन् चिनियाँ नागरिक, दुईजना समातिए

काठमाडौं- युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले तीन वर्षदेखि जारी युद्धमा रूसको