नेपालगन्जका पाँचस्थानमा 'ट्राफिक लाइट' जडान | Khabarhub Khabarhub

नेपालगन्जका पाँचस्थानमा ‘ट्राफिक लाइट’ जडान


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

खजुरा– नेपालगन्जका विभिन्न पाँच स्थानमा ‘ट्राफिक लाइट’ जडान गरिएका छन् ।  गणेशमान चोकमा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सफल भएको निर्माण कम्पनीले जनाएको छ । 

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले ट्राफिक लाइट जडानका लागि निर्माण कम्पनीले आवश्यक  सबै काम सम्पन्न गरेर पोलमा बत्ती जडान गर्ने काम सम्पन्न गरिसकेको जानकारी दिए। उनले  राँझा चोक, पुष्पलाल चोक, धम्बोझी चोक, बिपी चोक र गणेशमान चोक गरी पाँच स्थानमा ट्राफिक लाइट जडानको काम अन्तिम चरणमा पुगेको बताए । 

सडकमा भूमिगत तार तथा पाइप बिछ्याउने काम तथा पोल गाड्ने काम सकाएर खम्बामा बत्ती तथा ‘कन्ट्रोलर’ जडानको काम पनि सकिएको  निर्माण कम्पनीका इञ्जिनियर पदम थापाले जानकारी दिए। उनले भने, ‘अब केही स्थानमा ‘फिनिसिङ’ गर्नुपर्ने काम सकाएर केही दिनभित्र नेपालगन्जमा ‘ट्राफिक लाइट’ बाल्छौँ ।’

बत्ती जडान गरी सकेपछि चोकचोकमा कम्पनीका स्वयंसेवक बसेर केही दिनसम्म ट्राफिक प्रहरी, सडकमा हिँड्ने सर्वसाधारण, विद्यार्थी तथा सवारीसाधनलाई ट्राफिक लाइटका चिह्न, नियम, संकेतका बारेमा सचेतना समेत प्रदान गरिने जनाइएको छ । 

सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक शाखा काठमाडौँसँग ठेकेदार कम्पनी भिजन इन्जिनियरिङ कन्स्ट्रक्सन, पिभिजन इन्जिनियरिङ सोलुसन काठमाडौँले २०८० साल माघ २१ गतेभित्र काम सम्पन्न गर्नेगरी २०७९ साल पुस महिनामा रु एक करोड ५९ लाख (भ्याटसमेत)मा सो कामका लागि ठेक्का सम्झौता गरेको थियो । 

पछिल्लो समय नेपालगन्जमा सवारी साधनको चाप बढेसँगै गएको थियो ।  यहाँका ट्राफिक व्यवस्थापनलाई ट्राफिक लाइटले दुर्घटना न्यूनीकरण र सहर व्यवस्थापनमा सहयोग पुग्ने ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हरिकृष्ण सुवेदीले बताए। 

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  १० : १५ बजे

वीरगञ्ज महानगरमा रातको समयमा नाली सफाइ अभियान

वीरगञ्ज– मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जमा रातको समयमा पनि नाला

फोक्सो जोगाउने सूत्र : धूलो, धुवाँ र धूमपानबाट बच्नुस्

बागमती प्रदेशका चार जिल्ला फोक्सोको क्यान्सरको उच्च जोखिममा परेको एक

नेपाली शान्ति सैनिकको एक टोली स्वदेश फिर्ता

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा अबेइको अन्तरिम सुरक्षा बल मिसनमा तैनाथ

पाँच वर्षसम्म गोलबजार–लगडी–गदियानी सडक अधुरै

सिरहा– दुई वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण सुरु भएको गोलबजार–लगडी–गदियानी सडक

आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला

पाल्पा- पछिल्लो समय यहाँका महिला आयआर्जन गर्न घरबास ‘होमस्टे’मा जोडिँदै