कोशीमा थपिए चार मन्त्री र दुई राज्यमन्त्री « Khabarhub

कोशीमा थपिए चार मन्त्री र दुई राज्यमन्त्री


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चार मन्त्री र दुई राज्यमन्त्री थप्दै सरकार विस्तार गरेका छन् । मुख्यमन्त्री बनेको चार महिनापछि कार्कीले दोस्रो पटक सरकार विस्तार गरेका हुन् ।

कोशीमा नेपाली कांग्रेसबाट मन्त्री बनेका प्रदिपकुमार सुनुवारलाई स्वास्थ्य र रामकुमार खत्रीलाई उद्योग कृषि तथा सहकारी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

माओवादी केन्द्रबाट मन्त्री बनेका राजेन्द्र कार्कीलाई सामाजिक विकास र नारायण मगरलाई खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनिता कुमारी गुरूङ नियुक्त भएका छन् । उनीहरु दुवै कांग्रेसका हुन् ।

६ जना थपिएपछि कोशीको मन्त्रीपरिषद् १० सदस्यीय भएको छ ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ५ : ४४ बजे

भोटेकोशी बाढी : ९२६ शवको व्यवस्थापन, १८ सय ६२ जनाको डीएनए सङ्कलन

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा

ओलीविरूद्ध उभिएका एमाले काठमाडौं अध्यक्ष निरौलाले दिए राजीनामा

काठमाडौं– नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले पदबाट

त्रिशूली थ्री ‘ए’ बाट फर्किए रास्वपा सांसदद्वय, जाँदा हेलिकप्टर, आउँदा स्थलमार्ग 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल र

विपत्ति र चुनौतीले धैर्य र कर्मको परीक्षा लिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशवासीमा शुभकामना व्यक्त गरेका