नेपाल प्रहरीका १६ एसएसपीको सरुवा (सूचीसहित) « Khabarhub

नेपाल प्रहरीका १६ एसएसपीको सरुवा (सूचीसहित)


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरीका १६ वरिष्ठ उपरीक्षक (एसएसपी)को काज सरुवा गरिएको छ । गृह मन्त्रालयको निर्णय अनुसार एसएसपीको काज सरूवा गरिएको प्रहरी प्रधान कार्यलयले जनाएको छ ।

सरुवा सूचीअनुसार मानव बेचविखन अनुसन्धान ब्यूरोका प्रमुख फेरिएका छन् । ब्यूरो ओमबहादुर रानाको सरुवा भएको छ । भने यसअघि ब्यूरोको प्रमुखको जिम्मेवारीमा रहेका एसएसपी जिवनकुमार श्रेष्ठको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ पठाइएको छ ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षाको जिम्मा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णहरि शर्मा पोखरेललाई दिइएको छ ।

पोखरा तालिम केन्द्रमा मुकुन्द मरासिनी, धनुषा तालिम केन्द्रमा गोपालचन्द्र भट्टराई, सुर्खेत तालिम केन्द्रमा राजेन्द्रप्रसाद भट्ट, दुधौली तालिम केन्द्रमा प्रवीण पोखरेल, र दीपायल तालिम केन्द्रमा कृष्णबहादुर पल्ली मगरको सरुवा गरिएको छ ।

 

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ९ : १६ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स