आइपिओ निकालेको प्रथम वर्षमै हिमालयन रिइन्स्योरेन्स लिमिटेडले दिने भयाे बोनस शेयर « Khabarhub

आइपिओ निकालेको प्रथम वर्षमै हिमालयन रिइन्स्योरेन्स लिमिटेडले दिने भयाे बोनस शेयर


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हालै मात्र सर्वसाधारणमा शेयर जारी गरेको हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आइपिओको पहिलो वर्षमै ४ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ ।

बिहीबार बसेको कम्पनीको संचालक समितिको बैठकले सो निर्णय गरी मिति फागुन २० गते हुन गइरहेको कम्पनीको तेश्रो वार्षिक साधारण सभामा निर्णयार्थ पेश गरेको छ ।

यसका साथै नियामक निकाय नेपाल बीमा प्राधिकरणले दुवै पुनर्बीमा कम्पनीलाई २०८१ साल माघ ३० भित्र चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुर्‍याउन निर्देशन दिएकाले कम्पनीले बोनस शेयर पछि हुने चुक्ता पूँजी १० अर्ब  ४० करोडको १०ः८ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत कम्पनीको तेश्रो वार्षिक साधारण सभामा निर्णयार्थ पेश गरेको छ ।

कम्पनीको पुनर्बीमा शुल्क आम्दानी आ.व. २०७८/७९ को तुलनामा आ.व. २०७९/८० मा ५३५ प्रतिशतले वृद्धि भई रु. ५४६ करोड रुपैयाँ पुगेको छ भने कम्पनीको खूद नाफा आ.व. २०७८/७९ को तुलनामा आ.व. २०७९/८० मा १२२ प्रतिशतले वृद्धि भई ६५ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीले हालैमात्र भारतबाट पुनर्बीमा व्यवसाय भित्र्याउन भारतको बीमा सम्बन्धी नियामकीय निकायबाट स्वीकृति पाएको थियो भने विश्वविख्यात रेटिङ्ग एजेन्सी एएम बेस्ट पिटीइ लि. कम्पनीको रेटिङ्ग बी वा बीप्लसमा स्तरोन्नती गरिदिएको थियो ।

नेपालको निजी क्षेत्रबाट प्रवर्द्धित पहिलो पुनर्बीमा कम्पनीले हासिल गरेको कम्पनीको आगामी दिनमा दक्षिण क्षेत्रको एक उदाउँदो पुनर्बीमा कम्पनीको रुपमा आफूलाई उभ्याउने विश्वास कम्पनीले लिएको छ ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  १२ : १३ बजे

हर्क नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति, देवराजले

एनसेल फाउन्डेसनले एनपीएल- २ का चौकाबापत २४०० बढी शैक्षिक सामग्री वितरण गर्ने 

काठमाडौं– एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा जनाएको प्रतिबद्धता

वार्ताअघि युक्रेनका लागि फ्रान्सको कडा शर्त

एजेन्सी – फ्रान्सले रुससँगको युद्ध अन्त्यका लागि युक्रेनले कुनै भूभाग

करोडौँ खर्चिएर निर्माण गरिएका फिल्म सिटीका भौतिक संरचना बेवारिसे !

दोलखा– जिल्लाको भीमेश्वर नगरपालिका–९, लाँकुरीडाँडास्थित पर्यटकीय गन्तव्यको रूपमा रहेको डाङडुङेमा

मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते

बागमती– मकवानपुरको बकैया गाउँपालिका–७ अँधेरीमा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा