आइपिओ निकालेको प्रथम वर्षमै हिमालयन रिइन्स्योरेन्स लिमिटेडले दिने भयाे बोनस शेयर « Khabarhub

आइपिओ निकालेको प्रथम वर्षमै हिमालयन रिइन्स्योरेन्स लिमिटेडले दिने भयाे बोनस शेयर


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हालै मात्र सर्वसाधारणमा शेयर जारी गरेको हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आइपिओको पहिलो वर्षमै ४ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ ।

बिहीबार बसेको कम्पनीको संचालक समितिको बैठकले सो निर्णय गरी मिति फागुन २० गते हुन गइरहेको कम्पनीको तेश्रो वार्षिक साधारण सभामा निर्णयार्थ पेश गरेको छ ।

यसका साथै नियामक निकाय नेपाल बीमा प्राधिकरणले दुवै पुनर्बीमा कम्पनीलाई २०८१ साल माघ ३० भित्र चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुर्‍याउन निर्देशन दिएकाले कम्पनीले बोनस शेयर पछि हुने चुक्ता पूँजी १० अर्ब  ४० करोडको १०ः८ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत कम्पनीको तेश्रो वार्षिक साधारण सभामा निर्णयार्थ पेश गरेको छ ।

कम्पनीको पुनर्बीमा शुल्क आम्दानी आ.व. २०७८/७९ को तुलनामा आ.व. २०७९/८० मा ५३५ प्रतिशतले वृद्धि भई रु. ५४६ करोड रुपैयाँ पुगेको छ भने कम्पनीको खूद नाफा आ.व. २०७८/७९ को तुलनामा आ.व. २०७९/८० मा १२२ प्रतिशतले वृद्धि भई ६५ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीले हालैमात्र भारतबाट पुनर्बीमा व्यवसाय भित्र्याउन भारतको बीमा सम्बन्धी नियामकीय निकायबाट स्वीकृति पाएको थियो भने विश्वविख्यात रेटिङ्ग एजेन्सी एएम बेस्ट पिटीइ लि. कम्पनीको रेटिङ्ग बी वा बीप्लसमा स्तरोन्नती गरिदिएको थियो ।

नेपालको निजी क्षेत्रबाट प्रवर्द्धित पहिलो पुनर्बीमा कम्पनीले हासिल गरेको कम्पनीको आगामी दिनमा दक्षिण क्षेत्रको एक उदाउँदो पुनर्बीमा कम्पनीको रुपमा आफूलाई उभ्याउने विश्वास कम्पनीले लिएको छ ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  १२ : १३ बजे

चुनावी हारले फुटतिर कांग्रेस : देउवा पक्षले थाल्यो अलग्गै तयारी, पन्ध्रौँ महाधिवेशन मिति घोषणा गर्दै

काठमाडौं- नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेर्तत्वको केन्द्रीय

अमेरिका र इजरायलद्वारा इरानका ८० हजारभन्दा धेरै नागरिक स्थलमा आक्रमण

तेहरान- युद्ध सुरु भएदेखि हालसम्म अमेरिका र इजरायलले इरानका ८०

इरानको मिसाइल आक्रमणपछि इजरायलमा तनाव, सरकारसँग मागियो जवाफ

जेरूसेलम- इरानले शनिबार राति ठूलो क्षति हुने गरी मिसाइल हमला

आकाश खुलेसँगै सफा देखियो काठमाडौं (तस्बिरहरू)

काठमाडौं- गत शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा

राम नवमीको साइतमा प्रधानमन्त्री बन्दै बालेन, त्यसअगाडि रास्वपाले गर्नेछ यी महत्‍वपूर्ण निर्णय

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले चैत १२ गते बिहान सचिवालय र