जोर्डनलाई हराउँदै कतारले जित्यो एसियन कपको उपाधि | Khabarhub Khabarhub

जोर्डनलाई हराउँदै कतारले जित्यो एसियन कपको उपाधि


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसियन कप फुटबलको उपाधि कतारले जितेको छ । शनिबार भएको फाइनलमा जोर्डनलाई ३–१ गोल अन्तरले हराउँदै कतारले उपाधि जितेको हो ।

कतारको जितमा अक्रम अफिफले ह्याट्रिक गरे । उनले तीनै गाेल पेनाल्टी मार्फत गरेका हुन् । खेलको २२ औं मिनेट पाएको पेनाल्टीलाई सदुपयोग गर्दै अफिफले गोल गरेका थिए ।

त्यस्तै खेलको ६७ औं मिनेटमा याजान अल–नैमतले जोर्डनका लागि एक गोल फर्काए । त्यसको ५ मिनेट पछि कतारले पुनः पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीमार्फत अफिफले दोस्रो गोल गरेका थिए ।

त्यस्तै खेलको अतिरिक्त समयमा अफिफले पुनः पेनाल्टी मार्फत गोल गर्दै टोलीलाई दोस्रो पटक एसियन कपको उपाधि दिलाए ।

यसअघि सन् २००० र २०११ मा क्वाटरफाइनलसम्म पुगेको कतारले सन् २०१९ मा एसियन कपको उपाधि जितेको थियो ।

कतारले सेमिफाइनलमा इरानलाई ३–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । त्यस्तै जोर्डनले सेमिफाइनलमा दक्षिण कोरियालाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

जोर्डन एसियन कपको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको हो । जोर्डन यसअघि २००४ र २०११ मा क्वाटरफाइनलसम्म पुगेको थियो ।

उपाधिसँगै कतारले ५ मिलियन डलर नगद पुरस्कार रकम पाएको छ, भने उपविजेता बनेको जोर्डनले ३ मिलियन डलर नगद पुरस्कार प्राप्त गरेको छ ।

त्यस्तै एसियन कपको सेमिफाइनलमा पराजित भएका इरान र दक्षिण कोरियाले एक/एक मिलियन डलर पाएका छन् भने प्रतियोगितामा सहभागी हरेक देशले २ लाख डलर नगद प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  १० : ५९ बजे

बाटोको असुविधाले गलेखामकोट ओझेलमा

तनहुँ– गलेखामकोट तनहुँ सदरमुकाम दमौलीबाट १५ किलोमिटरको दूरीमा अवस्थित छ

सरकारको प्राथमिकतामा गुणस्तरीय र जीवनोपयोगी शिक्षा : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा

अर्थ समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आज बस्दैछ

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार सन्

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल